धादिङ ११ चैत्र
स्वतन्त्र पार्टी धादिङको निलकण्ठ नगरभेला सम्पन्न भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलको नेता तथा निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यातामा सम्पन्न भएको हो ।
उक्त भेलाबाट नीलकण्ठ नगर कमिटीको सभापतिमा विष्णु प्रसाद ढुङ्गाना चयन हुनभएको छ ।
समितिको उप सभापतिमा माधबराज अधिकारी, सचिवमा रामकृष्ण सेवा र कोषाध्यक्षमा कमला श्रेष्ठ चयन भएका छन् ।
नगर कमिटिको सदस्यहरुमा भने अनुप कोईराला, नेत्र परियार,शान्ता विश्वकर्मा, राजेश कुमार श्रेष्ठ र नारायण श्रेष्ठ छनोट भएका छन् ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्लाभरिका नेता तथा कर्याकर्ताहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस