धादिङ २६ भाद्र
एभरेष्ट बैँक धादिङले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बिहिबार एकल महिलाहरुलाई कपडा वितरण गरेको छ । नीलकण्ठ नगरपालिकाभित्रका ६० वर्ष उमेर पुगेका १५ जना एकल महिलाहरुलाई पोशाक वितरण गरिएको हो । एकल महिला सञ्जाल धादिङको सभाहलमा आयोजित कार्यक्रममा एकल महिला सञ्जाल धादिङकी अध्यक्ष कल्पना अधिकारी, एभरेष्ट बैँक धादिङका प्रमुख पवन कोइराला, स्थानीय सञ्चारकर्मीहरु र एकल महिलाहरुको उपस्थिति रहेको थियो ।
संस्थाको खुद नाफाको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नुपर्ने नियम अनुसार हरेक वर्ष विभिन्न सामाजिक कार्यमा सहभागिता तथा सहयोग गर्दै आएको एभरेष्ट बैँक धादिङका प्रमुख पवन कोइरालाले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस