८ फागुन
धादिङको खनियाबास गाँउपालिकामा बुधबारबाट अपाङ्ग तथा जेष्ठ नागरिक स्वास्थ्य शिविर सुरु भएको छ । बुधबार पहिलो दिन खनियाबास गाँउपालिका वडा न. १ झार्लाङबाट सुरु भएको हो । पहिलो दिन वडा न. १ झार्लाङमा जेष्ठ नागरिक, अपाङ्ग तथा अन्य गरि जम्मा ७० जनाले सेवा लिएको छ । अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य अवस्थलाई मध्यनजर गरि स्वास्थ्य शिविरको आयोजना गरिएको खनियाबास गाँउपालिका सामाजिक बिकास अधिकृत दुर्गा बहादुर शाहीले बताए । खनियाबास–१ झार्लाङमा जेष्ठ नागरिक तथा अपाङ्ग व्यक्तिहरुको स्वास्थ्य अवस्थको पहिचन गर्ने उदेश्यले गाँउपालिकाको आयोजनामा आजबाट सुरु गरिएको हो । यस्तै वडा न. २ मा ९ गते, शिविर वडा न. ३ मा १० गते, शिविर वडा न. ४ मा १२ गते शिविर वडा न. ५ मा १३ गते संचालन हुनेछ । जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने,स्वास्थ्य जाँच गरि गाँउपालिकको स्वास्थ्य शाखाबाट निशुल्क रुपमा औंषधी उपलब्ध वितरण गरिने शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस