धादिङ २४ भाद्र
धादिङका स्थापित तेक्वान्दो खेलाडी एवं राष्ट्रिय स्तरका प्रशिक्षक अमृत तामाङ 1st Tafisa World Martial Arts festival मा भाग लिन रसिया जाने भएका छन् । राष्ट्रिय तेक्वान्दो संघ धादिङका अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति धादिङका पूर्व कोषाध्यक्ष समेत रहेका तामाङ भाद्र २७ देखि ३१ सम्म रसियामा हुने 1st Tafisa World Martial Arts festival को लागि रसिया जाने भएका हुन् । २०५४ सालबाट तेक्वान्दो खेलको सुरुवात गरेका तामाङले २०५९ सालमा ब्ल्याक बेल्ट लिएका थिए । हाल उनी धादिङ बोर्डिङ माध्यमिक विद्यालय र एडभान्स एकेडेमीमा तेक्वान्दो प्रशिक्षक समेत रहेका छन् । हाल ४ डान प्राप्त तामाङले नेपाली सेना र अन्य समेतलाई गरी १२० जनालाई व्ल्याक बेल्ट दिलाई सकेका छन् । तेक्वान्दोका 4Th Dan अमृत तामाङ सहभागि हुने उक्त festival रसियाको Ulyanovsk-ULV शहरमा हुने छ ।
प्रतिक्रिया दिनुहोस