३ चैत्र
बाग्मती प्रदेश धादिङ्ग जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुन लागीरहेको दोस्रो बाग्मती प्रदेश खेलकुद प्रतियोगिता २०७९ मा सहभागीताका लागी धादिङ्ग जिल्ला स्तरिय खेलाडी छनौट प्रतियोगिता हुन लागिएको हुदाँ सम्पूर्ण खेलाडीहरुलाई खेलाडी दर्ता फारम २०७९ चैत्र १६ गते भित्र फारम भर्नको लागि सम्पूर्ण खेलका खेलाडीहरु , खेल सघं प्रशिक्षक, अभिभावकहरु सबैको लागि जिल्ला खेलकुद विकास समितिद्धरा सूचना प्रकाशित गरिएको छ ।
जिल्लाबाट छनौट हुने खेल अन्र्तगत भलिबल–महिला÷पुरुष, तेक्वान्दो–महिला÷पुरुष, एथ्लेटिक्स–महिला÷पुरुष, कराते–महिला÷पुरुष, आइटिएफ तेक्वान्दो–महिला÷पुरुष, ब्याडमिन्टन–महिला÷पुरुष, बक्सिङ–महिला÷पुरुष, क्रिकेट–महिला÷पुरुष र फुटबल–महिला÷पुरुष हुने जानकारी धादिङ्ग जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रतनप सिं तामाङ दिनुभयो । साथै अध्यक्ष तामाङले सम्पुर्ण खेलाडीहरुलाई आवश्यक कागजातहरु सहित जिल्ला खेलकुद विकास समितीको कार्यलयमा पेश गर्नको लागी अनुरोध गरिएको छ । आवश्यक कागजातहरु सम्बन्धित जिल्लामा स्थायी बसोबास भएको , नागरिकता प्रमाण पत्रको प्रतिलिपी÷बसाई सराई प्रमाण पत्रको प्रतिलिपी, पासपोर्ट साइजको रङ्गिन फोटो २ प्रति, बाहिरी जिल्लाबाट अस्थायी बसोबास गरी नियमित रुपमा प्रशिक्षण तथा प्रतियोगितामा सहभागी जनाउदै आएको भए अस्थायी बसोबास गरेको स्थानीय निकायको सिफारिस खेलाडी दर्ता फारम भरी २०७९ चैत्र १६ गते सम्म धादिङ्ग जिल्ला खेलकुद विकास समिति धादिङ्गको कार्यलयमा बुझई सक्नु पर्ने तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस