१ चैत
नीलकण्ठ नगरपालिका र रुबिभ्याली गाँउपालिकाको संयुक्त आयोजनामा एक हाप्ते बृहत पोषण कार्यक्रम सम्पन्न भएको छ ।फागुन २५ गतेदेखि संचालन भएको कार्यत्रलमको आज समापन भएको हो । आज एक कार्यत्रलमका साथ नीलकण्ठ नगरपालिकाको उप–प्रमुख दिपक विश्वकर्मको सभापतित्व र रुबिभ्याली गाँउपालिका अध्यक्ष राम सिं तामाङको प्रमुख आतिथ्यततामा पहिलो चरणको पोषण कार्यत्रमको सम्पन्न भएको हो । तालिममा रुबिभ्याली गाँउपालिकाबाट ६ जना र नीलकण्ठ नगरपालिकाबाट २८ गरी ३४ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रशिक्षकको रुपमा रामचन्द्र पन्थीले प्रशिक्षण गराउनुभएको थियो । । स्थानीय सरकार आइसकेपछि छट्टै तरिकाले जनसमुदायलाई सेवा सुविधा दिने आम नागरिकको स्वस्थ्यमा सुधार गर्नुपर्छ भन्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको बिपिन तामाङले बताए। तालिममा सहभागीहरुलाई पोषण सम्बन्धी प्रशिक्षण गरिएको यस्तै दोस्रो चरणको भोलीबाट चैत ८ गतेसम्म नीलकण्ठ नगरपालिका र रुबिभ्याली गाँउपालिकाको संयुक्त आयोजनामा संचालन हुने तामाङले बताए।
प्रतिक्रिया दिनुहोस