१ चैत
नीलकण्ठ बहुमुखी क्याम्पस धादिङमा आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचन समितिलाई राजीनामा दिन आखिल क्रान्तिकारी, अनेरास्ववियु र प्रजातान्त्रिक विद्यर्थी संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गरेको छ । चैत ५ हुने स्वतन्त्र विध्यार्थी युनियनको निर्वाचनको लागी मनोनयन दर्ताको क्रममा क्याम्पस प्रशासन विरुद्ध धादिङवेशीमा रहेको निलकण्ठ बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले तालाबन्दी गरेको छ । नेवि संघसग मिलेर एकलौटी गरेको आरोपमा, अखिल क्रान्तिकारी, अनेरास्वावियु र राप्रविसंघले स्ववियु निर्वाचनको सन्दर्भमा प्रेस विज्ञप्ति प्रकाशन गरि क्याम्पसमा तालाबन्दी गरेकोे हो ।
प्रत्यक्ष उम्मेदवार भएका व्यक्ति स्वावियु समानुपातिक लिष्टमा समेत नाम राखेर नेविसंघ संग मिलेमतो गरेको विद्यार्थी संगठनहरुले आरोप लगाएको छ । त्रिविले प्रकाशित गरेको आचारसंहिता अनुसार प्रत्यक्षतर्फ उम्मेदवार भएका व्यक्तिले समानुपातिकतर्फ उम्मेदवार हुन पाउने छैन । यदि प्रत्यक्षतर्फको उम्मेदवार समानुपातिकतर्फबाट समाबेश भएको पाएमा
उसको उम्मेदवारी स्वत खारेज हुने स्पष्ट त्रिविको आचारसंहितामा उल्लेख गरिएको छ । यति हुदाहुदै पनि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उत्तम सिलवाल, शर्मिला अर्याल, र जीवन गिरिले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएको भएपनि नेविसंघसंग मिलेर समानुपातिकमा उनिहरुको नाम राखेको र यो क्याम्पस स्ववियु निर्वचन समितिले एउटा अमुख राजनितिक दलको पक्षमा खुलेर लागेको,साथै दादागिरी देखाएको आरोप क्रान्तिकारी अध्यक्ष उम्मेदवार श्रीकृष्ण रिजालले बताउनुभयो ।
एकपक्षिय व्यवहार गरेकोले क्याम्पस स्ववियु निर्वाचन स्थगित गर्न समेत माग गरिएको छ । निर्वाचन सम्बन्धि काम गर्दा आफुहरुलाई नबोलाई नेवि संघ र क्याम्पस प्रशासन मात्र बसेर उम्मेदवार हेरफेर गरेको विद्यार्थी संगठनहरुको आरोप छ । निर्वाचन आचार संहिता तथा निर्वाचन कानुन विपरित क्याम्पस निर्वाचन संयोजक बद्री कोईरालाले बन्द सूचिमा भएको नामबारे थाहा नभएको बताउँदै पन्छिन खोजेको अखिल क्रान्तिकारीका अध्यक्ष श्रीकृष्ण रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस