२९ फागुन
नेपाल उसु संघको प्रथम अधिबेशन तथा सम्मेलन कार्यक्रम आज सम्पन्न भएको छ । निराजु लामाको सभापतित्व तथा धादिङ खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिं तामाङको प्रमुख अतिथ्यितता र बागमती प्रदेश खेलकुद परिषदका सदस्यका अमृत तामाङ, पत्रकार महासंघ धादिङको अध्यक्ष राजराम शर्मा, नेपाल उसु संघको केन्द्रिय सदस्य जंग बहादुर तामाङको विशेष अतिथ्यततामा सम्पन्न भएको हो ।
त्यस्तै अतिथिको रुपमा थक्रे गाँउपालिका वडा न ३ का वडाध्यक्ष विजय तामाङ, नेपाल तेक्वान्दो संघ धादिङको अध्यक्ष प्रदिप गिरी, कवाड्डी संघ धादिङका अध्यक्ष रत्नेश यादव लगयातको उपस्थिति रहेको थियो । निराजु लामा तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको बरिष्ट उपाध्यक्षमा सिल बहादुर तामाङ उपाध्यक्षमा सानुकान्छा तामाङ, सचिवमा हरि तामाङ कोषाध्यक्षमा सुरेश विक्रम राण दस्यहरु सुरेश लोके लामा, सुरज गुरुङ लक्षुमान लामा भविश्य गुरुङ अनु तामाङ सिर्जना तामाङ चयन भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै धादिङ खेलकुद बिकास समितिका अध्यक्ष प्रताप सिं तामाङ उसु भनेको मार्सल बिधाको खेल हो । उसु धादिङ जिल्लामा प्यारालाइसिस भैसकेको अवस्थमा पुगेको थियो । फेरी पुन यस खेलले पुर्णता पाएको छ । संघलाई गर्नुपर्ने सहयोग गर्न जिल्ला खेलकुद बिकास समिति सधै तयार भएको बताए । प्रतिभालाई थुनेर राख्नु हुदैन यसलाई बहिर प्रस्टुफिट गर्नुपर्छ । काम गर्दै गर्दा दुख कष्ट हुन्छ तर निरन्तरता दिदै जादा एक दिन सफलता मिल्छ । त्यस्तै विशेष अतिथि नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजराम शर्माले पछिल्लो समयमा नेपाल खेलकुद क्षेत्रमा धेरै अगाडि बढेको छ । धादिङबाट नेपाल देशको प्रतिनिधित्व गर्दै अगाडी बढ्नको लागि खेलको माध्यमबाट धादिङ जिल्लालाई चिनाउने काम गर्नुपर्ने बताए ।
बागमती प्रदेश खेलकुद परिषदको सदस्यका अमृत तामाङले गठित कार्यसमितिलार्ई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । पछिल्लो समयमा खेलकुद परिषदले सबैलाई समायोजन गर्दै आएपछि खेलकुद क्षेत्रमा सुधार हुँदै आइरहेको तामाङले बताए । धादिङमा उसुको बिकासको लागि संघको काम अतुलनीय हुने बताउदै यसमा निरन्तर लागि रहनको लागि अनुरोध गर्नुभयो । अबको दिनमा तीन तहको सरकारसँग समन्वय गरेर यसलाई अगाडि बढाउन सकिन्छ । खेल क्षेत्रमा लागेर पनि पछिल्लो समयमा जिविकोपार्जन गर्न सकिने स्थिति रहेको हुँदा अर्काको देशमा भाँडा माझ्न जानुभन्दा आफ्नै देशमा सीप सिकेर काम गर्न सकिन्छ ।
उसु संघ नेपालका केन्द्रिय सदस्य जङ्ग बहादुर तामाङले नेपालमा २०४१ सालबाट सुरु भएको थियो । धादिङमा २०४९ मा सुरु भएको थियो । राजनीतिक अस्थिरताका कारण यसलाई प्रभावकारी बनाउन नसकेको तामाङले बताए । यस्तै थाक्रे गाँउपालिका वडा न ३ का वडाध्यक्ष विजय तामाङले कोच तथा खेलाडीहरुको लागि पोशाक तथा खेलाडीहरुको लागि आवस्यक सामग्रीहरु वडाबाट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उसुको जगेर्ना र संरक्षणको लागि लोप भैसकेको उसु संघलाई पुन गठन गरेको अध्यक्ष निराजु लामाले बताए । अब केही बर्षमै धादिङ उसु संघ हिडेर दौडिने अवस्थमा पुग्ने भनाइ रहेको छ । तीन तहको सरकारसँग समन्वय गरि अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस