धादिङ शुक्रवार २६ गते
धादिङको गल्छि गाउँपालिका वडा नं ५ को नवनिर्मित प्रशासकीय भवनको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कटेलले उद्घाटन गर्नुभएको छ । बिहीबार एक समारोहबीच गल्छि गाउपालिका पालिका वडा न ५ का वदा अध्यक्ष सरोज लामा तामाङको सभापतित्व बाग्मति प्रदेसरकारका मुख्यमन्त्री सालिकराम जम्कटेटेलको प्रमुख आतिथ्यतामा सप्पन्न भएको हो ।जसको विशेष अतिथिमा बाग्मति प्रदेस सांसद मदुकुमार श्रेष्ठ जिल्ला समन्वय समिति धादिङका प्रमुख नमराज अधिकारी गल्छि गाउपालिका का अध्यक्ष केदारनाथ खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि जमरकटेलले नेपालको बिकास र संमृद्धिका बादकहरुले देशमा द्वन्द फैलाउन खोज्ने ,शान्ति प्रकिृयालाइ बिथोल्न देश बिदेशि शक्ती लागिपरेको बताउनु भयो । उहाँले मुलुक समाजबादको यात्रामा लागि सकेको बताउदै कसैले भाजो हलेर नरोकिने बताउनु भयो । त्यस्तै वडा अध्यक्ष तामाङ ले नवनिर्मित भवनबाट सेवा दिइ सहजता आउने र कार्य सम्पादन चुस्त दुरुस गराउन सहयोग पुग्ने बिस्वास व्यक्त गर्दै आफु जनसेवक भएर काम गर्दै आएको र गुनासो अनुसार विकासलाइ प्राथमिक्त दिएको बताउनुभयो।
कार्यक्रममा गल्छि गा पा का ८ ओटा वडा अध्यक्ष हरु, बिभिन्न पार्टि प्रतीनिधि सङ्घ संस्थाका प्रतीनिधिहरुको उपस्थिति रहेको थियोे
प्रतिक्रिया दिनुहोस