२६ फागुन
१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नीलकण्ठ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा गलौंदी खेल मैदानमा १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको हो ।
मंगलबार एक विशेष समारोहका बीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रतियोगिताको उद्घाटने गरेका थिए । १८ वर्ष सम्मका छात्र÷छात्रा विद्यार्थीहरुले भाग लिन पाउने यस प्रतियोगितामा धादिङका १३ मध्य ११ वटा पालिकाले भाग लिएका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट समावेस गरिएका थिए । एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसुका खेलहरु समावेस गरिएको थियो । जिल्लाको १३ वटा स्थानीय तहमध्य ११ वटास्थानीय तहले भाग लिएको यस प्रतियोगितामा नीलकण्ठ नगरपालिकाले २० स्वर्ण, ११ रजत र १५ कास्य गरी ४६ पदक जित्दै जिल्ला स्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेको हो । यस्तै ११ औं राष्ट्रपति रनिङ शिल्डको विजेता धुनीबेसी नगरपालिकाले भने यो पटक २५ पदकमा सिमित हुँदा ८ स्वर्ण, ९ रजत र ८ कास्य गरी २५ पदक मा रोकिदा दोस्रो हुन पुग्यो । १० औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता बेनीघाट रोराङ भने १२ औं संस्करणमा आईपुग्दा १९ पदक ( स्वर्ण ५, रजत ६ र कास्य ८) तृतिय स्थानमा रहेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ २० स्वर्ण, ११ रजत र १५ कास्य सहित प्रथम, धुनीबेसी ८ स्वर्ण, ९ रजत र ८ कास्यसहित द्धितिय र बेनीघाट रोराङ स्वर्ण ५, रजत ६ र कास्य ८ सहित तृतिया भएका छन । गजुरी ३ स्वर्ण, ४ रजत र ६ कास्य,,थाक्रे ३ स्वर्ण, २ रजत र १ कास्य, ज्वालामुखी २ स्वर्ण, १ रजत र २ कास्य ,खनियाबास २ स्वर्ण, १ कास्य,त्रिपुरासुन्दरी १ स्वर्ण, ३ रजत र २ कास्य, सिद्धलेक ५ रजत, ४ कास्य ,रुबीभ्याली १ रजत, र गल्छी १ कास्य हात जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो ।
फागुन २३ गते देखि २५ गते सम्म जिल्ला खेलकुद विकास समिति धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको व्यवस्थापनमा गलौंदी खेल मैदानमा भएको उक्त १२ औं रिाष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहिबार एक समारोहका बीच पुरस्कार वितरण सँगै समापन भएको छ । प्रतियोगिता भव्य र उत्कृष्ट बनाउन सहयोग गर्ने सबैमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ धन्यवाद व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस