वेल्टहङगर हिल्फे जर्मन सरकार र बी.एम.जेड.को आर्थिक साझेदारीमा जैविक विविधता तथा विकासका लागि स्थानीय पहल( ली–बर्ड) द्धारा संचालित लान परियोजना खनियाबास गाउँपालिका वडा न २ झार्लङमा ११३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस भब्य रूपमा मनाइएको छ ।लैङ्गिक समानताको बलियो आधार सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ झार्लङमा ११३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको हो ।
पुर्ब स्वयंसेविका तथा ज्येष्ठ नागरिक बुद्धिमाया तामाङको सभापतित्व तथा वडा न २ का महिला वडा सदस्य सुकमाया तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । जसको प्रशिक्षका रूपमा खनियाबास गाउँपालिका वडा न १ र २ को वडा सचीव दिनेश सुवेदी रहेको लि–बर्डका कर्मचारी मनमोहन तामाङले जानकारी दिनुभयो । जैविक विविधता अनुसन्धान तथा बिकासको लागि स्थानीय पहल लानको उदेश्यले कार्यक्रमको आयोजना गरिएको तामाङले बताउनुभयो । यस्तै कार्यक्रममा बक्तको रूपमा प्रेमबहादुर तामाङ महिला स्वयंसेविक सुस्मिता तामाङ महिला स्वयंसेविका शर्मिला तामाङ र झार्लङ बहुउद्देश्यीय सहाकरी संस्था लिमेडेटका बजारप्रतिनिधी शर्मिला तामाङ रहेको थियो ।महिला दिवस सन १९११ देखि मनाउदै आइरहेको अन्तरास्ट्रिय महिला श्रमिक दिवसको अवसरमा अबका दिनमा महिलाहरुले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ। संबिधानको पानामा मात्र सिमित नराखी यसलाई कार्यन्वयनमा ल्याउनुपर्छ ।
महिलाहरु खाली घरभित्र मात्र नरही अब जाग्नुपर्छ र आफ्नो हक अधिकारको प्रयोग गर्नुपर्छ भन्ने कुरामा समाजसेवी प्रेम तामाङले प्रशिक्षण गराउनुभएको थियो । त्यसैगरी नेपालको संविधानको धारा १८ मा उल्लेखित समानताको हकको बारेमा तामाङले जोड दिएको थियो । महिलाहरुलाई राज्यबाट उपलब्ध गराएको अधिकारको प्रयोग गर्नेदेखी कसैले पनि रोक्न नहुने तामाङको भनाइ रहेको थियो। लि–बर्ड संस्थाले विगतका दिनहरुमा पनि विशेष गरि पोषण र कृषीलाई प्राथमिकतामा राखी खनियाबास गाँउपालिकालाई कार्य क्षेत्र बनाई काम गरिदै आइरहेको थियो । लैंगिक विरुद्ध १६ दिने अभियान कार्यलाई पनि पुर्णतः दिएको यस संस्थाले आजबाट फेरि यस्तो कामको थालनी गरेको तामाङले जानकारी दिनुभयो । संस्थाले महिला सशक्तीकरणमा बढी जोड दिएर काम गरेको पनि तामाङले बताउनुभयो
प्रतिक्रिया दिनुहोस