२३ फागुन
खनियाबास गाँउपालिकामा आजबाट एकीकृत शैक्षिक व्यवस्थापन सूचना तथ्याङक प्रविष्ट तथा व्यवस्थापन तालिम सुरु भएको छ । शिक्षा युवा तथा खेलकुद शाखाको गाँउपालिकाबाट स्वीकृत बार्षिक कार्यक्रम अनुसार एकीकृत शैक्षिक व्यवस्थापन सूचना तथ्याङक प्रविष्ट तथा व्यवस्थापन २ दिने अभिमुखीकारण तालिम आजबाट सुर भएको हो ।
खनियाबास गाँउपालिकामा भित्र रहेका विद्यालयहरुको सबै विवारण सही होस र विद्यालय शिक्षालाई प्रविधिमुखी बनाउनको लागि तालमि संचालन गरिएको शिंगला माध्यमिक विद्यालयका शिक्षक मति तामाङले जानकारी दिनुभयो । तालिमको उद्घाटन गाँउपालिका उपाध्यक्ष सेकेमान तामाङले गनुृभएको थियो । साथै वडा नस्बर ४ का वडाध्यक्ष लिलामान तामाङ लगयात विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको तामाङले जानकारी दिनुभयो । प्रशिक्षकको रुपमा खनियाबास गाँउपालिकाको शिक्षा अधिकृत धिरज बस्नेत र नरायण के.सी रहेको थियो । विभिन्न विद्यालयहरुबाट सहाभगी शिक्षकहरुलाई तालिममा एकीकृत शैक्षिक व्यवस्थापन सूचना तथ्याङक इमिस प्रविष्ट तथा व्यवाूथापन सम्बन्धी तालिम दिएको तामाङले बताउनुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाँउपालिका उपाध्यक्ष तामाङ गुणसतरीय शिक्षाको लागि खनियाबासका सबै विद्यालयहरु ल्।ागिरहनुपर्छ । अबको युग भनेको प्रविधिको युग भएकाृ हुनाले हाम्रो शिक्षा प्रविधिमैत्री हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
विद्यालयको भौतिक पूर्वधार लगयात तथ्याङक सही भएन भने सम्पूर्ण शिक्षा प्रणलीमा समस्य उत्पन्न हुन सकिन्छ । नेपालमा विद्यालय स्तारीय शैक्षिक तथ्याङक संकालन, प्रशोधन, विश्लेषण,भडारण ,सार्वजनिकीकरण र प्रयोग विगत लामो समयदेखि हुदैं आइरहेको छ । यसको इतिहासलाई हेर्दा सन् १९६२ मा तत्कालिन शिक्षा मन्त्रालयले विद्यालयस्तारीय शैक्षिक तथ्याङक प्रकाशन थियो । वि.स २०५६ सालमा शिक्षा विभागको स्थापना भएपछि यस कार्यले फड्को मारेको सथयो । वि.स २०६१ , ६२ देखि फ्लाक्स रिर्पोटिङ सिस्टम मा गएपछि पिद्यालय स्तरीय शैक्षिक सूचना व्यवस्थापन प्रविधिले महत्व पाएको थियो । विद्यालय तहमा संचालित सबै प्रकारका विद्यार्थी, शिक्षक, विषय, भौतिक पक्ष आपतकालमा शिक्षा, विद्यालय कार्मचरी, प्रतिवेदन, र विविध पक्षसंग सम्बन्धित सूचना समेत प्राविष्ट गर्ने व्यवस्थाको सुरु भएको थियो । आजभोली यसको व्यापकता दिनप्रतिदिन बढ्दै गइरहेको तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस