धादिङ १८ फागुन
बागमति प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले प्रादेशिक सडक डिभिजन कार्यालय धादिङमा विहीबार अनुगमन गर्नुभएको छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय पोलिटव्यूरो सदस्य समेत रहेका मन्त्री दुलालले धादिङमा भईरहेको समग्र भौतिक विकासको आयोजना बारे अध्ययन अनुगमन गर्नुभएको हो । उहाँले समय सिमा भित्र भन्दा बढि समय लाग्ने,काम सन्तुष्टि नदेखिने,सुस्त काम गर्ने सम्पुर्ण निर्माण व्यवसायीलाई समयमा मापदण्ड अनुरुप कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो ।
दिगो र गुणस्तरीय बिकासको लक्ष्यलाई आत्मसाथ गरि काम गर्ने बताउदै पहुचका आधारमा मात्रै बिकासका योजनाहरु पर्ने परिपाटीको अन्त्य गर्नुपर्ने बताउनुभयो ।आफु अघिल्लो कार्यकालमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा रहदा समुदायमा देखिने विकास गरेको बताउनुभयो । बाग्मती प्रदेश सरकारले धादिङ सहित बाग्मती प्रदेशको आवश्यकता अनुसार काम र योजना थप गर्ने बताउनुभयो ।
मन्त्री दुलाललाई प्रादेशिक सडक डिभिजन कार्यलय धादिङ्गले सम्मान सहित बधाई दिएको थियो । प्रादेशिक सडक डिभिजन कार्यलय धादिङ्गका कार्यालय प्रमुख मदन कुमार आले मगरले धादिङको भौतिक पूर्वाधार विकास निर्माणाधीन अवस्था र थप योजनाहरुको बारेमा माग राख्नु भएको थियो । काम प्रति असन्तुष्टि देखिने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याएको जानकारी गराउनुभयो ।
कार्यक्रमकै अवसरमा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिले स्वागत बधाई सम्मान कार्यक्रम सम्पन्न गरिएको थियो ।
मन्त्री दुलालले धादिङ्ग बेसी पुछारबजार पशुपति मन्दिर जाने पुलको पनि अनुगमन गर्नु भएको छ । उहाँले तत्काल आवश्यक समन्वय गरी काम कारवाही अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस