१८ फागुन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) जिल्ला शाखा धादिङको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रम गरी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
फोनिज धादिङको अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला भित्र रहेका विभिन्न संचार माध्यममा कार्यरत जनजाति पत्रकारहरुको उपस्थितिमा सम्पन्न भएको छ । भेला तथा अन्तरक्रिया कार्यक्रममा जनजाति पत्रकारहरुको हक अधिकारको लागि नीति तथा विधान संशोधन गर्ने बारेमा अन्तरक्रिया भएको थियो ।
धादिङ जिल्ला भित्रका जनजाति पत्रकारहरुमा रहेका समस्यहरु के के हुन ? ती समस्यहरुलाई कसरी समाधान गर्ने, पत्रकारहरुको जीवान उकास्नको लागि आर्थिक अवस्थलाई कसरी मजबुत अनि सबल बनाउने, जातीय पहिचान, पत्रकारहरुको क्षमता वृद्धि र बिकासको लागि विभिन्न तालिमहरुको आयोजना गर्ने लगायतका बिषयहरुमा छलफल भएको थियो । भेलामा छलफल गरिएको कुराहरू केन्द्रिय कार्यसमितिमा नीति तथा बिधान संशोधनको लागि पठाउने अध्यक्ष श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस