१७ फागुन
आज एक कार्यक्रम गरि नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङको कार्यसमिति गठन गरिएको हो । नेपाल तामाङ घेदुङ संघको केन्द्रिय सदस्य प्रेम तामाङको सभापतित्व र रुबिभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङ प्रमुख अथिथ्याता, तामाङ पत्रकार संघ बागमती प्रदेश सदस्य सन्दीप स्याम्चेत तामाङ र तामाङ पत्रकार संघ जिल्ला कार्यसमिति धादिङको अध्यक्ष मनिस तामाङको विशेष अथिथ्यातामा कार्यक्रम सम्पन्न भएको हो । जसको उपाध्यक्षमा कविता तामाङ, सचिवमा स्याङदिप तामाङ कोषाध्यक्षमा बिना तामाङ चयन भएको छ ।
त्यसैगरी सदस्यहरुमा मनिस तामाङ, सोयता तामाङ, सुरेश तामाङ सलिना तामाङ, सम्झना तामाङ, कमला तामाङ, सरस्वती तामाङ त्रुती तामाङ, अजय तामाङ र बिक्रम तामाङ गरि १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष रामसिङ तामाङले नयाँ कार्यसमितिलाई बधाई दिनुभयो । तामाङ घेदुङ संघले सिङ्गो तामाङहरुको हकहित र अधिकारको लागि काम गर्दै आइरहेको बताउनुहुदै नेपाल तामाङ विद्यार्थी घेदुङ संघ धादिङले धादिङ जिल्लाभरीका सम्पुर्ण तामाङ विद्यार्थीहरुको अधिकार र हकहितको काम पर्छ र यसमा म आफ्नो तर्फबाट एउटा स्थानीय सरकार प्रमुख भएको हुनाले गाँउपालिकाबाट सक्दो सहयाग गर्नेछु ।
गाउँपालिकाका अध्यक्ष तामाङ धादिङ जिल्लाको निवर्तमान जिल्ला घेदुङ संघको अध्यक्ष समेत रहेको हुँदा कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई घेदुङ संघको बारेमा प्रशिक्षण समेत गराउनु भएको थियो।
प्रतिक्रिया दिनुहोस