धादिङ १३ गते
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा एकदिने आँखा शिविर संञ्चालन सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको सभापतित्व नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मको प्रमुख आतिथ्यता र धादिङ सामुदायिक आँखा अस्पतालका रामसिङ तामाङको सहभागीतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख दिपक विश्वकर्मले नीलकण्ठ नगरपालिकाले सबै वडामा आँखा शिविर सञ्चालन गर्ने योजना बनाईरहेको बताउनुभयो । स्थानीय सरकार सबैको अपनत्व हुने काम गर्ने वडा अध्यक्षको प्रसंशा गर्दै उहाँले जनताको दैनिक दुख बुज्ने भनेको स्थानीय तहनै रहने बताउनुभयो । नगरको तमाम समस्यामा जनताकै माझ रहेको बताउनुभयो । सबै वडामा आँखाको समस्या भएका पीडितहरुलाई नगरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै वडा अध्यक्ष श्रेष्ठले वडामा यस अघि यस्ता प्रकृति काम नभएको बताउदै सबै आँखा समस्य भएका पिडितहरुलाई पहिचानको आधारमा ५० पिस चस्मा बितरण गर्ने योजना रहेको बताउनुभयो । जनताको समस्यमा चौबीसै घण्टा हाजिर हुने प्रतिबद्धता समेत जनाउनुभयो ।त्यस्तै रामसिङ तामाङले आँखा सम्बन्धी रोगको चर्चा गरि मोतिबिन्दुबाट बच्ने उपाय र मानव जीवनमा आँखाको महत्वबारे प्रष्ट पारेका थिए ।
उक्त आँखा शिविर ८ नम्बर वडाको आर्थिक सहयोग धादिङ सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित एकदिने आँखा शिविरमा २ सय जनाले आँखा जाँच गराएका थिए ।
निर्वाचित वडा सदस्य छबि प्रसाद काप्रीले स्वागत मन्तव्य राखेको शिविरमा विभिन्न राजनीतिक दलका प्रतिनिधिनी स्थानीय जनताहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस