धादिङ १२ फागुन
ग्रामीण यातायात सहकारी संस्था लि.धादिङले बागमती प्रदेश सरकारका मूख्यमन्त्री शालिकराम जमरकटेललाई स्वागत तथा बधाई सम्मान गरिएको छ ।
आज एक कार्यक्रमको आयोजनागरी धादिङको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ख बाट निर्वाचित बागमति प्रदेश सांसद मुख्यमन्त्री जमरकटेललाई सम्मान गरिएको हो ।
ग्रामीण यातायात सहकारी संस्था लि.को महासचिव बद्रिप्रसाद सुवेदीको सभापतित्वमा मूख्यमन्त्री शालिकराम जमरकटेलको प्रमु्ख अतिथिमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोभन गर्दै मूख्यमन्त्री जमरकटेलले बागमति प्रदेशको अबको सरकारले एउटा संस्थाभन्दापनि समूदाय लक्षित बिकास निर्माण आधारहरु तयार गरि पकेट क्षेत्र बनाएर बिकास गर्ने बताउनुभयो ।
पछिल्लो समयमा संस्था धनी अब्बल हुदै गर्दा जनताको अवस्था कति पनि परिवर्तन नभएको स्पष्ट पार्नुभयो । मूख्यमन्त्री जमरकटेलले अव एउटा नया सोच र उचित लगानी गरेर तत्काल जनताको व्यवहारिक जीवनस्तर सुधार र उन्नती देखिने गरि बिकास गर्नुपर्ने बताउनुभयो ।
स्थानीयतहहरु,विभिन्न संघसंस्था,समाजमा अब्वल ठानीएका सबै वर्गसमूहका व्यक्तित्वहरुलाई सहयोग र सल्हासृुझावको अनुरोध गर्नुभयो । ग्रामीण यातायात सहकारीले यातायात क्षेत्रमा अझ आधुनिक ढङगबाट कार्यसञ्चालन गरि नागरिकमा सहज सेवा पुर्याउनु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सम्मान प्रदान गरिएकोमा ग्रामीण यातायात सहकारी संस्था लि. परिवारलाई धन्यावाद दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमति प्रदेश कमिटीका सह–सचिव विजय बुर्लाकोटी,जिल्ला संयोजक मनराज भण्डारी,सचिव सुवोध लामिछाने,गंगाजमुना गाउपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडा,राष्ट्रिय भूमी आयोग धादिङका अध्यक्ष,संघसंस्थाका प्रतिनिधी पत्रकार लगायत ग्रामीण यातायात सहकारी संस्था लि.का प्रतिनिधीहरुको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस