धादिङ १० फागुन
नेकपा एमाले जिल्ला कमिटी धादिङले बुधबार देखि दुई महिने मिसन ग्रासरुट अभियान सुरु गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमी त्रिपाठिको अध्यक्षता नेकपा एमाले केन्द्रिय कमिटीका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेकपा एमालेको दशौं महाधिवेशनको कार्यदिशा ,समाजवादको आगामी यात्रा ,संगठन सुदृढीकरण ,पार्टी निर्माण सम्बन्धि दृस्ठिकोण ,विभिन्न राजनीतिक दलसंगको सम्बन्ध र चरित्रका बारेमा स्पष्ट पार्ने उद्देश्यले दुई महिने ग्रासरुट अभियान सुरु गरिएको नेकपा एमालेका केन्द्रिय कमिटीका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताउनुभयो ।
उपाध्यक्ष पाण्डेले ग्रासरुट अभियानले नेकपा एमालेका कार्यकर्ताहरुमा बैचारिक प्रस्टता ल्याउने ,संगठनको आन्तरिक समस्याहरु पहिचान गरि सुदृढ बनाउने ,भूगोल अनुसारको राजनीतिक सामाजिक समस्याहरु पहिचान हुने बताउनुभयो ।
समसामयिक राजनीतिक बिषयमा बोल्नुहुँदै नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी फागुन २१ गते हुने राष्ट्रपति निर्वाचनको नतिजा पार्टीको पक्षमा आउने र त्यसका लागि पार्टीले बुद्धिमतापुर्ण ढंगले आन्तरिक तथा बाह्यय राजनीति बुझेर निर्णय गर्ने बताउनुभयो ।
राष्ट्रपति निर्वाचन पेचिलो बन्दै गएको तर पार्टीले देश, जनता र आन्दोलनको हितमा हुने गरि निर्णय गर्ने बताउनुभयो । त्यस्तै जिल्ला कमिटीका अध्यक्ष भुमि त्रिपाठिले दुई महिने ग्रासरुट अभियानको बारेमा जानकारी दिनुहुँदैन पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत देशभर फागुन ५ गतेदेखि मिसन ग्रासरुट अभियान सुरु भैसकेको र धादिङमा भने आज बुधबारदेखि सुरु भएर आगामी २०८० बैशाख ९ गते पार्टी स्थापना दिवसको दिन समापन हुने बताउनुभयो ।
धादिङ जिल्लाको १३ वटै पालिका र १ सय ४ वटै वडामा बैशाख ८ गतेसम्म अभियान चल्ने र बैशाख ९ गते जिल्ला स्तरीय कार्यक्रम गरि समापन हुनेपनि अध्यक्ष त्रिपाठीले बताउनुभयो ।
कार्यक्रममा मिसन ग्रासरुट अभियान अन्तर्गत धादिङका लागि नेकपा एमाले केन्द्रिय सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । जस अन्तर्गत
कैलाश ढुंगेल ः निलकन्ठ नगरपालिका,नेत्रावती डबजोङ गाउपालिका
रुपनारायण श्रेष्ठ ः रुभिभ्याली, खनियाबास र गंगाजमुना गाउपालिका
बाबुराम थापा ः धुनिबेशी नगरपालिका र थाक्रे गाउपालिका
बिन्दा ढुंङ्गाना ः– बेनिघाट रोराङ गाउपालिका र सिद्धलेक गाउपालिका
रामेश्वर राना ः– ज्वालामुखी र त्रिपुरासुन्दरी गाउपालिका
केशव स्थापित ः– गजुरी,गल्छी गाउपालिकाको जिम्मेवारी प्रदान गरिएको छ ।
साथै नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्यहरु ,जिल्ला कमिटीका सदस्यहरु र पालिका कमिटीका सदस्यहरुलाई पनि वडा स्तरको जिम्मेवारी प्रदान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस