धादिङ ९ फागुन
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटमा महिला हिंसा न्युनिकरण सम्बन्धी २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
श्री प्रगतीशिल महिला बचत तथा ॠण सहकारी संस्था लि.को आयोजनामा नीलकण्ठ नगरपालिका वडा न १४ को आर्थिक सहयोग र नीलकण्ठ नगरपालिका को प्राबिधिक सहयोग मा कार्यक्रम सम्पन्न भएको हो ।
प्रगतिशील महिला बचत तथा ॠण सहकारी सस्थाका अध्यक्ष कमला तामाङको अध्यक्षता नीलकण्ठ १४ का वडा अध्यक्ष नमराज दुवाडि को प्रमुख आतिथ्यता बिभिन्न राजनैतिकदलका प्रतिनिधिहरु बिभिन्न संघ संस्थाका प्रतिनिधी जनप्रतिनिधी लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा आमा समूहका प्रतिनीधीहरु महिला स्वास्थ्य स्वयमसेवीकाहरु वडाका सक्रिय महिलाहरु छ जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा महिला हिंसा कसरी हुन्छ त्यसको कानुनी उपचार कसरी गर्ने,रोकथाम र न्युनीकरणमा कसरी लाग्ने भन्ने बिषयमा मानव अधिकार कर्मी राधिका सापकोटाले प्रशिक्षणदिनुभएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि नमराज दुवाडीले आफ्नो वडामा महिला हिंसा न्यूनीकरण रोकथामको लागि यस्ता कार्यक्रमको आयोजनागरी समस्य समाधान गर्न पहल कदमी लिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस