अपिल कोइराला
धादिङ २२ भाद्र
धादिङ बोर्डिङ स्कुलमा विद्यार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फुटन गर्ने उद्देश्यका साथ ट्यालेन्ट सो कार्यक्रम सम्पन्न भएको छ । गायन, नृत्य, नाटक, क्यारिकेचर, भाषण, कविता जस्ता विधालाई समेटेर भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो क्षमता प्रर्दशन गरेका थिए । ४० औँ राष्ट्रिय शिक्षा दिवसको अवसर पारी गरिएको प्रतियोगितामा गायनतर्फ ईशा तामाङ, नृत्यतर्फ अमृता जम्कट्टेल, नाटकतर्फ उज्ज्वल दुवाडी, भाषण कलातर्फ सुदिक्षा लम्साल, क्यारिकेचरतर्फ विपना बस्नेत, कवितातर्फ अर्चना वस्नेत विजयी भएका हुन् ।
यस्तै मिस धादिङ बोर्डिङमा मुस्कान गुरुङले विजय हात पारिन भने मिस्टर धादिङ बोर्डिङमा सुभरत्न तामाङले विजय हात पारेका हुन् । विजयी विद्यार्थीहरुलाई विद्यालयका एजुकेटिभ डाइरेक्टर सुरेन्द्र शाहले ट्रफीसहित पुरस्कृत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस