धादिङ ९ फागुन
कार्की गाउँ माध्यमिक विद्यालय प्राविधिक शिक्षालय त्रिपुरा सुन्दरी गाउपालिका वडा नम्बर ४ धादिङको ६२औँ बार्षिक उत्सव ११ औँ अभिभावक भेला तथा प्राविधिक भवन उद्घाटन सम्पन्न भएको छ ।
सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समिती अध्यक्ष कपिलदेव सिंखडाको सभापतित्व बागमति प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमरकटेलको प्रमुख अतिथि संघीय सांसद रामनाथ अधिकारी,संविधान सभा सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुष्प विक्रम मल्लको विशेष अतिथ्यातामा सम्पन्न भएको हो ।
प्राविधिक भवन उद्घाटन गरि कार्यक्रमलाई शुभकामना मन्तव्य राख्नुहुदै प्रमुख अतिथि जमरकटेलले बागमति प्रदेश सरकारले शिक्षा बिकास र सुधारको कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । अहिलेको समयमा कुरा भन्दा पनि काम गरेर जनताले सजिलै अनुभूति गर्नेगरी काम गर्न गराउन सबै स्थानीय तहहरुलाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री जमरकटेलले हरेक बिकासका कार्यहरुमा स्थानीय तहहरुसंग समन्वय सहकार्य गरेर मात्र बजेट विनीयोजन गर्ने बताउनुभयो । जिल्लाकै नमुना विद्यालयको रुपमा कार्की गाउ माध्यमिक विद्यालयले प्राविधिक धारको कक्षा सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै शैक्षिक उन्नती,पढाईमा उत्कृष्ट जतिजा ल्याउन पठनपाठनमा मिहेनत गर्न विद्यालय व्यवस्थापन समिती,शिक्षक कर्मचारी,विद्यार्थी अभिभावकहरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै विशेष अतिथि रामनाथ अधिकारीले समाजसेवीसंगै विद्यालयसंग नजिक रहेको बताउदै कार्की गाउ माध्यमिक विद्यालयल प्राविधिक शिक्षालयको समग्र बिकासको पाटोमा आफ्नो ध्यान केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै अर्को बिशेष अतिथि पुष्प विक्रम मल्लले वर्तमान समयमा सरकारको ध्यान शिक्षा बिकासमा भईरहने विद्यार्थीको ध्यान कुलतमा,सामाजिक सञ्जालमा नकरात्मक सोचकासाथ फसिरहने प्रबृति हावी भएको बताउनुभयो ।
सबै विद्यार्थी शिक्षकले (न्यूरो साईन्स)अर्थात स्नायु विज्ञानको अध्ययन अध्यापन गर्न गराउन जरुरत रहेको स्पष्ट पार्नुहुदै आफ्नो शैक्षिक क्षेत्रको सुरुवात विद्यालय भएकाले सक्रिय समाज सेवा राजनितीमा रहुन्जेल विद्यालयको बिकास र उन्नतीमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदनको बारेमा प्रधानध्यापक अर्जुन बहादुर नगरकोटीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ईन्द«णी राष्ट्रिय कलाकारहरुको धमाकेदार प्रस्तुती रहेको थियो । कार्यक्रमकै अवसर पारी ईन्द्रेणी राष्ट्रिय कलाकारहरुको टिमबाट ८ जना गरीब,दुखी मृगौला पिडीतहरुलाई १ लाख बराबरको चेक सहयोग हस्तनतरण गरिएको थियो ।
कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी,जनप्रतिनिधीहरु,स्वास्थ्य क्षेत्रका आमा समूहहरु,विभिन्न विद्यालयका प्रअ तथा शिक्षक शिक्षिकाहरु,अभिभावक पत्रकार लगायत त्रिपुरासुन्दी गाउबासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस