फागुन ९ मंगलबार
धादिङबेशी ।
नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाको ३६ औँ बार्षिक साधारण सभा तथा १२ औँ जिल्ला अधिबेशन आईतबार बाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिनाको अध्यक्षता तथा बागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता र नगरपालिका संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाको विशेष आतिथ्यतामा अधिबेशन शुरु भएको हो ।
उद्घाटन सत्र सकिएपछि सुरुवात गरिएको बन्द सत्रमा कोषाध्यक्ष द्धारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा मन्त्रि दुर्लभ तामाङ द्धारा प्रस्तुत साङगठनिक प्रतिवेदन सर्व सहमत पास गरिएको छ । आज हुने बन्द सत्रमा नेतृत्व चयनको बिषयमा छलफल हुने बताईएको छ । सकेसम्म सर्वसहमत हुनेगरी नेतृत्व चयनको प्रयास भैरहेको अधिबेशनमा सहभागी हुने प्रतिनिधिहरुले बताएका छन् ।
अन्य दावेदार हरु धेरै भए पनी हाल रेडक्रस धादिङ शाखाको सभापतीमा दुर्लभ तामाङ र नारायण प्रसाद तिमल्सिनाको नाम चर्चामा रहेको छ । आज हुने बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस