८ फागुन सोमबार
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड जिल्ला शाखा धादिङको आयोजनामा १४ औं ग्राहक गुनासो सुनवाइ कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमको साथ धादिङबेसीमा सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रिय बिभागीय प्रमुख तारानाथ महत्तो, क्षेत्रिय प्रबन्धक निरान्जन महत्तो लगयत ३ सयभन्दा बढीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रिय बिभागीय प्रमुख महत्तोले उपस्थितिहरुलाई वित्तीय बैंकको बारेमा प्रशिक्षण गराउनुभएको थियो । कार्यक्रमकै अवसर पारी शाखा धादिङले १४ औं ग्राहक गुनासो सुनवाइ कार्यक्रममा यस संस्थामा अबद्ध रहनुभएका र २०७९ सालमा स्वार्गरोहण भएका व्यक्तिहरुको सम्झानामा मौन धारणसहित श्रद्धान्जलीका साथै स्वार्गरोहण भएका परिवारहरुको लागि बिमाबाट आएको रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला शाखा धादिङको शाखा प्रबन्धक रामकृष्ण पाण्डेले संस्थाको बार्षिक आयव्याय प्रस्तुत गर्नुभएको ।
कार्यक्रममा सहभागीहरुमध्येबाट व्याबसायिहरुको प्रधिनित्व गरि सफल ३ व्याबसायिहरुले आफ्नो अनुभवहरु सुनाँउदै छिमेक लघुवित्त वित्तीय संस्थाले हामीलाई ठुलो सहयोग गर्नुभएको कुरा जानकारी गराउनुभयो । आफुहरु गरिब, बिपन्न भएको कारण ऋण पनि कसैले नदिने अवस्थमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराएको र उक्त रकमबाट व्याबसायमा लगानी गरी जिविकोपार्जन गर्न मद्दत मिलेको बताउनुभयो । संस्थाले उपलब्ध गराएको कर्जाबाट व्याबसायमा लगानी गरी त्यसैबाट छोराछोरी पढाउन पाए, घर खर्च चलाउन पाएको सहभागीहरुले बताउनुभयो ।
यसबाट जिविकोपार्जन गर्नमा आफुहरुलाई संस्थाले सीपमूलक तालिमहरु दिएको सहभागीहरु बताउनुहुन्छ । लघुवित्त संस्था भनेको जग्गा नभएको बिपन्न ब्यक्तिहरुको लागि उनीहरको जीवन स्तर उकास्नको लागि यसको आवश्यक रहेको, क्षेत्रिय बिभागका महत्तोले बताउनुभयो । सफल व्याबसायिहरुलाई पुरस्कार प्रदान गरिएको धादिङका शाखा प्रबन्धक रामकृष्ण पाण्डे जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस