धादिङ ५ फागुन
जिल्ला प्रहरी कार्यालय धादिङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि बागमती प्रदेश प्रहरी प्रमु्ख प्रहरी नायव महानिरीक्षक(डिआइजी) दीपक थापा नेपाल प्रहरी बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्र कुवेर खापुङ को सहभागीतामा सम्पन्न भएको हो ।
बागमती प्रदेश प्रहरी प्रमु्ख डिआइजी थापाले धादिङको समग्र भौगोलिक अवस्था,सुरक्षा निती,गुण्दागर्दी,वाल तथा वहुविवाह,लैङगीक हिंसा,मानवबेचविखन,तस्करी,अपराध तथा हिंसात्मक गतिविधी,राजनैतिक अवस्था,प्राकृतिक स्रोत सधानको दोहनको अवस्था,साईवर क्राईमका समस्य लगाएतका सुरक्षाको अवस्था र चुनौतीको विषयमा नेपाल सरकारको कानुनको अक्षरंश पालना गरि जनताले अनुभुती हुने गरि व्यवहारमा लागुगर्न जिल्ला प्रहरी कार्यालय धादिङलाई निर्दैशन दिनुभयो ।
नेपालमा पछिल्लो समयमा हुनेगरेका साईवर क्राईमहरु,चेक बाउन्स,वाल तथा वहु विवाह,लैङ्गीक हिंसा,मानव बेचविखन जस्ता सामाजिक अपराधिक घटनालाई न्यूनीकरण गर्न स्थानीय तहका सम्पुर्ण निकायलाई सहकार्यको अनुरोध गर्नुभयो ।
उहाँले शान्तिपुर्ण एवं सुरक्षित समाजका लागि बागमती प्रदेशको प्रहरी संगठनलाई चुस्त र दुरुस्त बनाउने बताउनुभयो । प्रदेश प्रहरी प्रमु्ख डिआइजी थापाले पत्रकार र प्रहरीको सम्बन्ध मजबुद बनाई सूचनाको दुरुपयोग नगरी आम नागरिकले सूचना पाउने हक र अधिकारलाई सम्मान गर्न आग्रह गर्नुभयो ।
कतिपय घटनाहरुलाई फिल्डमा गएर निरीक्षण गरेरमात्र प्रमाणित गर्न निर्देशन दिदै सामूदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । डिआइजी थापाले जिल्लाको सर्वाङगीण पक्षमा सुधार गर्ने निर्देशन सहित प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला भरिका राजनैतिक दल,सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी,मनावअधिकारी कर्मी,कानुन व्यवसायी,पत्रकारमहासंघ लगाएतका विभिन्न निकायका प्रतिनिधीहरुले जिल्लामा बजारकेन्दि«त मात्र नभई स्थानीय तहमा गस्ती गर्नुपर्नेमा जोड दिएका थिए ।
महिला हिंसा विरुद्धा प्रभावकारी रुपमा जनचेतना फैलाउने,जुवातास नियन्त्रण गर्ने, घरेलुहिंसा,राजमार्ग क्षेत्रमा दुर्घटना न्यूनीकरण उद्धार समयमै गर्नुपर्ने, सामूदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने,सवारी साधनको व्यवस्थापन,ध्वानी प्रदूषण नियन्त्रणबारे भनाई राखेका थिए ।
विशेष गरि सरकारी कार्यालयहरुमा हुने गरेका घुसपैठ,बार्गेनिङ जस्ताको नियन्त्रण गर्न निरीक्षण गस्ती सञ्चालन गर्नुपर्ने,नागरिकलाई शान्ति सुरक्षाको जनभुती दिलाउने कामको अपेक्षा सहितको सुझाव राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङमा ५ सय २६ जनाको दरबन्दी रहेकोमा ५२३ जना कार्यरत छन।
प्रतिक्रिया दिनुहोस