५ फाल्गुन २०७९, शुक्रबार
धादिङ फागुन ५ गते शुक्रबार
धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियाबास गाँउपालिका ४ दार्खास्थित भोग्टेनीमा नेपाली कांगे्रसका कार्यकर्ताहरुल ेत्यहाँ रहेको सामुदायीक लोजोृङ गुम्बामा तोडफोड गरेका छन ।प्रदेशले गुम्बा निर्माणका लागी दिएको बजेटमा तयहाँका नेपाली काँग्रेसका कार्यकर्ताहरुले कमिसन नदिएको भनेर बिहीबार सांझ ७ बजे गुम्बा तोडफोड गरेको तयहाँका स्थानीयले जानकारी दिएको छ। गुम्बाको संरक्षणका लागी गएका स्थानीयहरुलाई पनी कुटपिट गरेको छ । उत समुहले महिलामाथी पनी हातपात गरेको छ ।
स्थानीयका अनुसार ती सबै काँग्रेसका कार्यकर्ता हुन् ।रक्सी खाएका केही व्यक्तीहरुले गएराती गुम्बामा तोडफोड गरेको स्थानियले बताएका छन् । गुम्बा के कती कारणले तोडफोड गरे भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । स्थानियहरुका अनुसार गुम्बा निर्माणको काम नदिएपछि स्थानिय केही युवाहरुले गुम्बा तोडफोड गरेको बताएका छन् । तोडफोडबाट गुम्बामा लांखौको क्षती भएको छ ।
ग्ुम्बाको तोडफोडको जानकारी प्राप्त लगतै गुम्बाका अध्यक्ष सुर्य तामाङले जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस