धादिङ फागुन ५ गते शुक्रबार
धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने खनियाबास गाँउपालिका ४ दार्खास्थित भोग्टेनीमा नेपाली कांगे्रसका कार्यकर्ताहरुल ेत्यहाँ रहेको सामुदायीक लोजोृङ गुम्बामा तोडफोड गरेका छन ।प्रदेशले गुम्बा निर्माणका लागी दिएको बजेटमा तयहाँका नेपाली काँग्रेसका कार्यकर्ताहरुले कमिसन नदिएको भनेर बिहीबार सांझ ७ बजे गुम्बा तोडफोड गरेको तयहाँका स्थानीयले जानकारी दिएको छ। गुम्बाको संरक्षणका लागी गएका स्थानीयहरुलाई पनी कुटपिट गरेको छ । उतm समुहले महिलामाथी पनी हातपात गरेको छ ।
स्थानीयका अनुसार ती सबै काँग्रेसका कार्यकर्ता हुन् । उनिहरु स्थानीय गुण्डा नाइके भनेर चिनिने अशोक तामाङका लागि काम गर्ने स्थानीयको दाबी छ । तोडफोडको नेतृत्व गर्ने दिपक वाइबा तामाङ अशोक तामाङका विश्वास पात्र हुन् । अशोक तामाङ धादिङ क्षेत्रमा गुण्डागर्दी गर्दै आइरहेका पेसेवर गुण्डा नाइके हुन् । उनि विभिन्न आपराधिक घटनामा समेत संलग्न रहि पक्राउ पर्दै आएका छन् । उनि केही समयअघि स्थानीयलाई खुकुरी प्रहार गरेको घटनामा पक्राउ परेका थिए ।
ग्ुम्बाको तोडफोडको जानकारी प्राप्त लगतै गुम्बाका अध्यक्ष सुर्य तामाङले जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस