फागुन ३ गते बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई राष्ट्रको प्रतिनिधि बनाउन कुन नैतिकताले दिएको भन्दै प्रश्न गरेकी छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अभियुक्त लामिछानेलाई नेपाली क्रिकेटको राष्ट्रिय टोलीमा समावेश गरिएकोमा प्रश्न गरेकी हुन्।
लामिछानेलाई कुन नैतिकताको आधारमा र कसरी राष्ट्रको प्रतिनिधि बनाइएको भन्दै प्रश्न सोधेकी हुन्।
‘राष्ट्रको प्रतिनिधि भएको व्यक्तित्वको ठूलो मुद्दालाई सामान्य बनाउन मिल्ला एउटा बलात्कार आरोपीलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो उनले सोधेकी छन्, ‘यही कारण पीडितलाई झनै मानसिक अवसादमा धकेल्ने जोखिम बढेको छ। आरोप लागेका व्यक्तिले राष्ट्रलाई प्रतिनिधित्व गर्दा पीडितको मानसिक अवस्था कस्तो होला ।
यसकारण न्यायपालिकाको काम चुस्त, दुरूस्त र पारदर्शी हुनुपर्ने पनि माग राखेकी छन्। यसो नहुँदा कानुनी मुद्दामा समाज विभाजन भएको बताइन्।
‘न्यायपालिकाको काम चुस्त, दुरूस्त र पारदर्शी हुनुपर्यो। सबैको पहुँचमा हुनुपर्यो। त्यसो नहुँदा समाज कानुनी मुद्दामा पनि विभाजन हुन थालिसकेको छ। सन्दीप लामिछानेको मुद्दा हेरौं। त्यो कहिलेसम्म छिनोफानो गर्छौं यतिका समय लाग्ने हो भने आरोपितको नाम सार्वजनिक किन गरियो उनले सोधिन्।
मंगलबार कीर्तिपुरस्थित आइसिसी विश्वकप क्रिकेट लिग(२ अन्तर्गत नामिबियाविरूद्धको एकदिवसीय खेलमा लामिछानेले पनि खेलेका थिए।
सांसद श्रेष्ठले बैठकमा जनगणनाको तथ्यांक नआएको विषयमा पनि प्रश्न उठाएकी थिइन्।
‘सभामुखमार्फत सरकारलाई प्रश्न सोध्न चाहान्छु, जनगणना सकिएको महिनौं भइसक्दा पनि त्यसको प्रतिवेदन आएको छैन। तथ्यांकको आँकडा नै नभइकन केको आधारमा नीति निर्माण गर्ने भनेर उनले प्रश्र सोधिन्।
अनलाईन स्रोत
प्रतिक्रिया दिनुहोस