धादिङ २ फागुन
मुलुकको राजधानी काठमाण्डौ र विभिन्न जिल्ला जोड्ने मुख्य नाका नागढुंगा हो । काण्ठमाडौ (नागढुंगा) नौविसे त्रिभुवन राजपथ र नौविसे मलेखु पृथ्वीराजमार्ग सुधार तथा विस्तारको काम भइरहेको छ ।
त्रिभुवन राजपथको नागढुंगा–नौविसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्व ८८ करोड ९८ लाख ११ हजार ९७१ रुपयाँ लागतमा दुई वर्षमा सक्ने र पृथ्वी राजमार्गको नौविसे–मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार सात अर्व ८३ करोड ४७ लाख ८२ हजार १४१ रुपयाँ लागतमा ३ वर्षमा सक्ने गरी लागत अनुमान गरिएको थियो ।
तर निणर्माण कम्पनी जिअंसु (व्क्ष्बलनकग) र सगुन कन्ट्रक्शनले संयुक्त रुपमा २०७८ साल चैत्र २४ गते नागढुंगा–नौविसे खण्डको १२ दशमलव २६० किलोमिटर सडक सुधार तथा विस्तार एक अर्व ३१ करोड ८४ लाख एक हजार २१० रुपयाँ लागतमा दुई वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेको छ ।
यसैगरी निर्माण कम्पनी शर्मा–लामा कन्ट्रक्शन र जेआइसिजीले संयुक्त रुपमा २०७८ साल चैत्र २४ गते नौविसे–मलेखु खण्डको ४३ दशमलव ५४२ किलोमिटर सडक सुधार तथा विस्तार पाँच अर्व ३३ करोड १९ लाख २८ हजार ७७४ रुपयाँ लागतमा तीन वर्षमा सक्ने गरी सम्झौता गरी निर्माण कार्य गरिरहेको छ । दुवै खाण्ड गरी ५५ दशमलव ८०२ किलोमिटर सडकको लागत छ अर्व ६५ करोड तीन लाख २९ हजार ९८४ रुपयाँ अर्थात प्रतिकिलो मिटर ११ करोड ९१ लाख ७७ हजार २६९ रुपयाँ रहेको छ ।
यस सडकको परार्मशदताहरु अस्ट्रेलियाको एस एम इ सी इन्टरनेशनल प्रालि, पि इ सी लिमिटेड र रिपव्लिकन अप कोरिया इन एसोसिएसन,आइ टि इ सि ओ र टि एम एस रहेकाछन् ।
सडक सुधार तथा विस्तारको मुख्य लक्ष्य काठमाण्डौ–नौविसे–मलेखु खण्डको क्षमता बढाउने, मालवहाक सवारी साधनको आवागमनमा सहजता ल्याउने, यातायातका खर्च र समय घटाउने, सडक दुर्घटना न्यूनिकरण गर्ने र बजार क्षेत्रलाई व्यवस्थित गर्ने रहेको छ । सडक ९ मिटरदेखि ३० मिटर चौडा हुने छ ।
खानीखोलाबजारमा ४६० मिटर लम्वाई २१ मिटर चौडा र गल्छी बैरेनीमा ३७० मिटर लम्वाइ २१ मिटर चौडा हुने छ । यसैगरी धार्केबजारमा ४२० मिटर, महादेववेसीमा ३५० मिटर सिम्लेमा २७० मिटर, गजुरीमा ७३० मिटर र मलेखुमा २१० मिटर सडक ३० मिटर चौडा हुने छ । ३० मिटर चौडाई हुने स्थानमा दुई सर्भि लेन ।
यसैगरी पृथ्वी राजमार्गमा पर्ने आग्राखोला पुल, बेल्खुखोला पुल र मलेखु खोला पुलमा नयाँ पुल गरिदैन । त्रिभुवन राजपथ अर्थात प्योक १ अन्तरगत खत्रीपौवा पुल र नौविसेखोाल पुल नयाँ निमार्ण गरिनेछ ।
यसैगरी पृथ्वीराजमार्ग अर्थात प्याकेज दई अन्तरगत गाण्ेशखोला, सोप्यांखोला, खहरेखोला, फेदीखोला, डन्डुगंखोला, खेस्टेखोला, मछेडीखोाला, खर्दोखोला, जुन्डीखोला, चिरौदीखोला पोखरेखोला, गलौदी खोलासोतीखोला पुल नयाँ निमार्ण गरिने ।
यसैगरी मुख्य बजार क्षेत्रमा पैदलयात्रीलाई लक्षितगरी आकाशे पुल निमार्ण गरिने छ । आकाशेपुल निर्माण हुने स्थानहरु खानीखोला बजार, धार्केबजार, महादेशवेसीबजार, सिम्लेबजार, गल्छी बैरेनी र मलेखु बजारमा एक÷एक वटा पुल निमार्ण गरिने छ । यसैगरी पृथ्वी राजमार्गकै आर्कषण रहेको गजुरीबजारमा भने दुई वटा आकाशे पुल निमार्ण गरिने छ । सवै पुलहरु ह्वी चियर प्रयोग गर्न मिल्ने हुने छ ।
वैकल्पिक बाटो नहुदा राजमार्ग नै अवरोध हुन सक्ने नागढुङगा मुग्लिन सडक पुर्वी खण्डका इन्जिनीयर जयराम अधिकारीले बतानुभयो ।
प्रतिक्रिया दिनुहोस