धादिङ १ फागुन
धादिङको बेनिघाट रोराङ गाँउपालिका ३ रिचोकटारमा २८ औँ जनयुद्ध दिवश एवं अमृत उज्वल स्मृती सभा सम्पन्न भएको छ ।
सोमबार एक भव्य कार्यक्रमको आयोजना गरि राजेन्द्र प्रसाद कँडेलको सभापतित्वमा माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको विशेष आतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादु्र भन्डारी नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश सहसचिव बिजय वुर्लाकोटी बेनीघाट रोराङ गाँउपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ,गजुरी गाउपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ लगायतको सहभागी रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुदै प्रमु्ख अतिथि जमकटेलले जनयुद्धको जगबाट प्राप्त भएका उपलब्धिलाई जनताले अनुभुती हुनेगरि बिकास संबृद्धि तर्फ नेकपा माओवादी केन्द« पार्टी तथा बागमति प्रदेश सरकार लाग्ने बताउनुभयो । महान सहिदहरुलाई भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री जमकटेलले जनताको माग
त्यस्तै बिशेष अतिथि राम बहादुर भण्डारीले बर्तमान सरकारले सार्वजानिक विदा दिएकोमा ऐतिहासिक काम भएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुती संगै गाउपालिकाभरिका सहिद तथा वेपात्ता परिवार,जिल्लाका प्रमुख सुरक्षा निकाय र गाउपालिकाजनताहरुको उल्लेख्य सहभागी रहेको थियो ।शान्ति प्रक्रियापछि माओवादीले पटक(पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।
अमृत उज्वल स्मृति मञ्चले हरेक वर्ष फागुन १ गते रिचोक पोखरीमा जनयुद्ध दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस