धादिङ १ फागुन
नेकपा माओवादी केन्द्र धादिङको नीलकण्ठ नगर कमिटीद्धारा २८ औँ जनयुद्ध दिवस मनाएको छ । महान सहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली प्रकट गदैँ मौनधारण व्यक्त गरि कार्यक्रमको सम्पन्न भएको हो ।
१० बर्षे महान जनयुद्धको जगबाट प्राप्त भएको संस्थागत उपलब्धीलाई रक्षागरि ग्राउण्ड लेबलबाटै पार्टीपंतिलाई सुधार गरि नयाँ सिराबाट जानुपर्ने नेकपा माओवादी केन्द्रका केन्द्रिय कमिटी सदस्य दिपा सिंखडाले बताउनुभयो ।
जनताको हकअधिकारको निम्ति एउटा महिला भएर युद्धकालमा धादिङमा होलटाइमर भई काम गरेको तिता मिठा ऐतिहासिक घटनाहरुलाई स्मरण गर्दै अझैपनि देशमा माओवादी केन्द्र राष्ट्रकै शक्ति केन्द्रको रुपमा रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै नगर अध्यक्ष सम्भु श्रेष्ठले पार्टीको निति,विधी सिद्धान्त अनुसार सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताउनुयभो । सहिदहरुको बलीदानीले प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सरकारले सार्वजानिक विदा दिएर ऐतिहासिक काम गरेको बताउनुभयो ।
नीलकण्ठ नगरकमिटी अध्यक्ष सम्भु श्रेष्ठको अध्यक्षता नेकपा माओवादी केन्द«का केन्दि«य कमिटी सदस्य दिपा सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा नीलकण्ठ नगर कमिटीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागी रहेको थियो ।
यसैको अवसरमा धादिङबेशीको बिचबजारमा दीप प्रज्वलन गरि महान शहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जी प्रकट गर्दै सभा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस