धादिङ २२ भाद्र
नीलकण्ठ नगरपालिकाभित्रका विद्यालयहरुको एस.इ.इ नतिजामा धादिङ आवासीय माध्यमिक विद्यालय उत्कृष्ठ नतिजा हासिल गरेको छ । ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाद्धारा आयोजित कार्यक्रममा धादिङ आवासीय माध्यमिक विद्यालयका ८ जना विद्यार्थी र ४ जना विषय शिक्षक सम्मानित भएका हुन् । एस.इ.इ परीक्षा २०७५ मा नवीना श्रेष्ठ, अशिम तिवारी सिद्धान्त श्रेष्ठ ३.९५ जिपिएका साथ प्रथम, ३.९० जिपिएका साथ सक्षम तिमल्सिना, समीक्षा तामाङ, नम्रता श्रेष्ठ द्धितीय र ३.८५ जिपिएका साथ पूजा रिजाल तृतीय भएकी हुन् ।
यस्तै नगरपालिकाभित्रमा उत्कृष्ठ औसत जिपिए ल्याउने ४ जना विषय शिक्षकहरु प्नि सम्मानित भएका छन् । ३.७१ औसत जिपिएका साथ अङ्ग्रेजी विषयमा सैलेश अधिकारी, ३.४५ औसत जिपिएका साथ सामाजिक विषयमा प्रकाश गुरुङ, ३.७१ औसत जिपिएका साथ स्वास्थ्य तथा जनसङख्या विषयमा दिपक श्रेष्ठ, ३.१८ औसत जिपिएका साथ नेपाली विषयमा लोकनाथ रिजालललाई सम्मान गरिएको हो ।
यस्तै कक्षा ८ को नगरपालिका स्तरीय परीक्षामा धादिङ आवासीय बोर्डिङ स्कुलकै विद्यार्थी आभाष दुवाडी ४.०० जिपिएका साथ प्रथम र न्यु धादिङ बोर्डिङ स्कुलका अनुज सुवेदी ३.९५ जिपिएका साथ द्धितीय भएका हुन् । विगतका वर्षहरुमा पनि धादिङ आवासीय माध्यमिक विद्यालय जिल्लाकै उत्कृष्ठताका साथ नेपालमै सातौ स्थानमा पर्न सफल भएको विद्यालय हो । विद्यालयको प्रशासनिक व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक, विद्यार्थीहरुको पढाइप्रतिको लगनशीलता, अनुशासन, अभिभावकहरुको विद्यार्थीहरुको पढाइप्रति चासो र चिन्ता, विद्यालयको शैक्षिक तथा भौतिक वातावरण आदिले विद्यालयको शैक्षिक स्तर उत्कृष्ठ हुन सफल भएको विद्यालयका प्रधानाध्यापक हरि लम्सालले बताउनु भयो । आगामी दिनहरुमा पनि विद्यार्थीको शैक्षिक स्तरलाई बढावा दिन विद्यालय सञ्चालक समिति, शिक्षक, अभिभावक र विद्यार्थीहरुको समन्वयात्मक सम्बन्ध विकास गर्ने प्रतिबद्धता समेत प्रधानाध्यापक लम्सालले जनाउनु भयो ।
३.१८ औसत जिपिएका साथ नेपाली विषयमा लोकनाथ रिजाल
३.७१ औसत जिपिएका साथ स्वास्थ्य तथा जनसङख्या विषयमा दिपक श्रेष्ठ
३.४५ औसत जिपिएका साथ सामाजिक विषयमा प्रकाश गुरुङ
सिद्धान्त श्रेष्ठ ३.९५ जिपिएका साथ प्रथम
अशिम तिवारी ३.९५ जिपिएका साथ प्रथम
नवीना श्रेष्ठ, ३.९५ जिपिएका साथ प्रथम
३.९० जिपिएका साथ नम्रता श्रेष्ठ द्धितीय
३.९० जिपिएका साथ समीक्षा तामाङ
३.९० जिपिएका साथ सक्षम तिमल्सिना द्धितीय
३.८५ जिपिएका साथ पूजा रिजाल तृतीय
प्रतिक्रिया दिनुहोस