धादिङ २९ माघ
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कार्य समिति धादिङको पूर्ण बैठक सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरि अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष बिनोद आचार्यको अध्यतता अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष क्षितिज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । क्रार्यक्रमको विशेष अतिथिमा नेकपा माओवादी केन्द्र धादिङ जिल्ला संयोजक मजराज भण्डारी जिल्ला सचिव सुबोध लामिछाने अखिल क्रान्तिकारी केन्द्रिय सदस्य एवम जिल्ला ईन्चार्ज उपेन्द्र जम्मरकटेलको सहभागीता रहेको थियो ।
कार्यक्रमलाई प्रशिक्षणात्मक मन्तव्य राख्नुहुदै जिल्ला संयोजक मनराज भण्डारीले अनेरास्ववियु क्रान्तिकारी विधार्थी सङगठन शिक्षाको परिर्वतन चाहने देशमा भइरहेको विकृति ,विसङगति, महङगी,अन्य,अत्यचारको विरुद्धमा बुलन्द आवाज उठाउदै आएको सङगठन भएको बताउनुभयो । देशको नेतृत्वमा रहेका सम्पुर्ण नेतृत्वहरु विधार्थी सङगठनबाट आएको हुनाले धादिङ जिल्लाको शिक्षा संग संगै समाज रुपान्तरण र परिवर्तन गर्नको निमित सम्पूर्ण विधार्थीहरु अखिल क्रान्तिकारीमा गोलबन्द हुन आवश्यक रहेको स्पष्ट पर्नुभयो ।
त्यस्तै प्रमुख अतिथि क्षितिज सापकोटाले सम्पूर्ण बमपन्थि प्रगतिशिल देशभक्त क्रान्तिकारी विधार्थी एकजुट भई आउदो स्ववियु चुनावमा धादिङको ८ वटा क्याम्पसहरुमा अखिल क्रान्तिकारीको झण्डा फरफराई विजय हासिल गर्ने हैसियत अखिल क्रान्तिकारी धादिङको सङगठनले राख्नुपर्ने भनाई व्यक्त गर्नुभयो ।
कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला सङगठनका १३ वटौं स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेखीय सहभागि रहेको थियो ।
प्रतिक्रिया दिनुहोस