धादिङ २९ माघ
एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिती धादिङको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरि जिल्ला समन्वय समितीको सभाहलमा एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिती अध्यक्ष खिल बहादुर धमलाको अध्यक्षता नेकपा माओबादी केन्द«का केन्दि«य सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको विशेष अतिथिमा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य राम बहादुर भण्डारी,जिल्ला संयोजक मनराज भण्डारी, एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सदस्य तथा बागमति प्रदेश कमिटी अध्यक्ष शंकर अधिकारी लगायतको सहभागी रहेको थियो । उक्त अधिवेशनबाट तिलक बहादुर चेपाङको अध्यक्षतामा २७ सदस्ययीय समिती चयन भएको छ । जसको उपाध्यक्षमा कान्छा तामाङ,सचिवमा शिव प्रसाद रिजाल,कोषध्यक्षमा गायत्री ईटनी निर्वाचित भएको हो ।
निर्वाचित सबै कमिटीका पदधिकारीहरुलाई प्रमाण पत्रसहित जिम्मेवारी हस्तनतरण गरिएको थियो । कार्यक्रमलाई बधाई तथा शुभकामना दिनुहुँदै प्रमुख अतिथि पुष्प विक्रम मल्लले समाजवादी शिक्षा,समानता समाज,संबृद्धि नेपालको निर्माणको आधार निर्माण गर्न सम्पूर्ण मुक्तिकामी शिक्षक विद्यालय कर्मचारीहरु एकिकृत अखिल नेपाल शिक्षक र्सगठनमा जोडन आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै विशेष अतिथि राम बहादुर भण्डारीले महान जनयुद्धा सफल हुनमा शिक्षक कर्मचारीहरुको महत्वपुर्ण भूमिका रहेको स्मरण गर्दै सहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो । समाजवादको आधार तयार गर्न अखिल नेपाल शिक्षक संगठन देश,जनताको माग र मु्द्धामा शिक्षा बिकासको पक्षमा निर्भिकतापुर्वक खम्बाभई उभिन जरुरी रहेको स्पष्ट पार्नुभयो ।कार्यक्रममा जिल्लाका १३ वटै स्थानीय तहका संगठनका नेता तथा कार्यकर्ताहरुको भव्य सहभागी रहको थियो ।
प्रतिक्रिया दिनुहोस