धादिङ २१ भाद्र
ग्रामीण यातायात सहकारी संस्था लिमिटेड धादिङको ११ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरि कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा पूर्व मन्त्री कल्पना धमला, नेपाल यातायात राष्ट्रिय महासंघका पूर्व अध्यक्ष डोलनाथ खनाल, महासचिव सरोज सिटौला, प्रदेश साम्सद डा. राम कुमार अधिकारी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । ५ सय ३७ सेयर सदस्य रहको संस्थाले हाल धादिङ काठमाडौँ, आरुघाट, फूलखर्क लगायतका स्थानहरु गरी कुल ५६ वटा बसहरु सञ्चालनमा ल्याएको छ । ग्रामिण यातायात सहकारी संस्था लिमिटेड मार्फत हाल ६६ वटा बस सन्चालन गरीरहेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष हरी बहादुर श्रेष्ठ,कोषाध्य बद्री सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एउटै यातायात व्यवसायीको एकाधिकार रहेको अवस्थामा ग्रामीण यातायात सहकारी संस्थाको स्थापनापश्चात धादिङ काठमाडौँका भाडादर उपभोक्ताको हित र आवश्यकता अनुसार समायोजन गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष हरी बहादुर श्रेष्ठ,कोषाध्य बद्री सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले यातायातमा देखीएको समस्या न्युनीकरण गर्नको लागि आग्रह गर्नुँभएको थियो ।
प्रतिक्रिया दिनुहोस