धादिङ २७ माघ
एकिकृत अखिल नेपाल शिक्षक संगठन गल्छी गाउपालिकाको पालिका सम्मेलन शुक्रबार सम्पन्न भएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन गल्छी गाउपालिकाका अध्यक्ष राजेन्द्र आचार्यको सभापतित्व नेकपा माओबादी केन्द्रका गल्छी गाउपालिकाका अध्यक्ष रामशरण शेन्चुरीको प्रमुख आतिथ्यता,नेकपा माओबादी केन्द्रका गल्छी गाउपालिकाका उपाध्यक्ष सरोज लामा तामाङको बिशेष आतिथ्यता,प्रेस सेन्टर धादिङको सचिव सुमन अधिकारीको आतिथिमा सम्पन्न भएको हो ।
उक्त सम्मेलनबाट अनिल कुमार कँडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा नवराज तामाङ, उपाध्क्षमा पार्वती भण्डारी, कोषध्यक्ष शिव प्रसाद खतिवडा,सचिवमा सुदिप अधिकारी,राजकुमार खड्का,दिनेश राई,उत्तम खतिवडा,राजेन्द« आचार्य सदस्यमा चयन भएको छ ।
कार्यक्रमलाई प्रशिक्षणात्मक सम्बोधन गर्दै समाज परिवर्तनका लागि शिक्षकहरुको महत्वपुर्ण भूमिका हुने र एकिकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षा क्षेत्रलाई बिकास गरि शिक्षकहरुको माग र मुद्धालाई सम्बोधन गर्न महत्वपुर्ण भूमिका रहने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गाउपालिका भरिका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस