धादिङ २७ माघ
धादिङको थाक्रे गाउपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षता,धादिङ जिल्ला खेलकुद बिकास समिती अध्यक्ष प्रतापसिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन भएको कार्यक्रममा गाउपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अनिता खनालको विशेष अतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथिसमेत रहनुभएको जिल्ला खेलकुद बिकास समिती अध्यक्ष तामाङले प्रतियोगितामा सहभागी सबै विद्यालय र विजय भएका सम्पुर्ण टिमलाई बधाई दिदैँ थाक्रे गाउँपालिकाको खेलक्षेत्रको बिकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै गाउपालिका अध्यक्ष आचार्यले र विजय भएका सम्पुर्ण टिमलाई बधाई दिदै गाउपालिकाको सर्वाङगीण बिकासमा खेलक्षेत्रलाई पनि प्राथमिकतामा राखेरा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १४ बटा सामूदायिक तथा निजी विद्यालयहरुको सहभागीमा ३० वटा विद्यामा खेल सञ्चालन भएको थियो ।
उक्त प्रतियोगितामा जनजागतृ मावि प्रथम,ज्योती मावि दोस्रो,केवलपुर हरिहर भोजकुमारी मावि तृतिय भएको हो । विजेता सबै टिमलाई ट्रफि मेडल प्रमाणपत्रद्धारा सम्मानगरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अनिता खनालले बताउनुभयो ।
कार्यक्रममा गाउपालिका भरिका शिक्षक विद्यार्थी अभिभावक,वडा अध्यक्ष,कार्यपालिका सदस्यहरु,पत्रकार लगायत स्थानीय जनसमूदायहरुको भव्य उपस्थिती रहेको खनालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस