धादिङ २७ माघ
धादिङको गजुरी गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट सुरुभएको छ ।
गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षता,धादिङ जिल्ला खेलकुद बिकास समिती अध्यक्ष प्रतापसिं तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सर्मिला बिसुरालको विशेष अतिथ्य रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथिसमेत रहनुभएको जिल्ला खेलकुद बिकास समिती अध्यक्ष तामाङले पछिल्लो समय धादिङ जिल्लामा खेलकुदक्षेत्रमा भएको प्रगतीले सबै सरोकारवाला निकायको ध्यानकर्षण भएको बताउनुभयो । स्थानीय तह सरकारले खेलक्षेत्रलाई प्राथमिकतामा राखेर बिकास गर्नुपर्ने माग राख्नुभयो ।
त्यस्तै कार्यक्रमको उद्घाटन मन्तव्य राख्नुहुदै गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठले सिंगो गाउँपालिकाको बिकास र संबृद्धिको मोडालिटी तयार बनाएर काम अघि बढाई रहेको बताउनुभयो । स्वास्थ्यका लागि र देशको पहिचानको लागि खेलकुद लोकप्रिय रहेको बताउदै आवश्यक बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष विसुरालले शारिरीक मानसिक क्षमता बिकासको एक महत्वपुर्ण योगा जस्तै खेलकुद क्षेत्र भएकाले जिल्लाकै उत्कृष्ट गाउपालिका बन्ने गरी बिकास गर्नुपर्ने स्पष्ट धारणा राख्नुभयो ।
कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक विद्यार्थी , गाउँपालिका भरिका जनप्रतिनीधीहरु,खेलप्रेमी जनसमूदायहरुको उल्लेख्य सहभागी रहेको थियो । ६ वटा विद्यालयको सहभागितामा आजबाट सुरु भएको प्रतियोगिता आईतबार समापन हुने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस