धादिङ २७ माघ
शिवरात्रीको अवसरमा धादिङको सिद्धलेक गाउँपालिकाको सिद्धबाबा मन्दिरमा तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।
सिद्धलेक गाउँपालिकाको सहयोगमा सिद्धलेक ढेवाडाँडा समाज नेपालको आयोजनामा महोत्सव आयोजना गरेको हो । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले फागुन ६ गते शनिबार शिवरात्रीको दिन धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव गर्न लागिएको सिद्धलेक गाउँपालिकाले जनाएको छ ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु कुलेन्द्र विश्वकर्म,सुमन थापा,भट्भटे,सुमन परियार लगायत गुधौँली संस्कृतिक परिवार तथा स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्वसमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ र नलाङ उपशाखाको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
धादिङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु मध्य यो स्थल पनि एक हो । शिवरात्रीको अवसरमा हरेक बर्ष मेला लाग्ने गर्दछ । मेलामा व्यापारको लागि स्टल बुकिङ भईरहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस