धादिङ २६ माघ
मन्जुश्री संवत् २८५९ औं सोनम ल्होसारको अवसरमा नीलकण्ठ १ काउलेमा तान डोरि प्रतियोगिता विहीबार सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. १ का सुर्यमुखी टोल बिकास समिती “क“, “ख“ र “ग“ , कालिका टोल सुधार समिती, शंखादेवी टोल सुधार समिती,सिरानटोल सुधार समिती,कुङ्ग टोल सुधार समिती र नुवाकोट तारकेस्वरको जन्तरे युबा समूह गरि कुल ८ टिमको सहभागिता रहेको प्रतियोगितामा पाण्डु तामाङले नेतृत्व गरेको कुङ्ग टोल बिकास समिती प्रथम , जुठे तामाङले नेतृत्व गरेको शंखादेवी टोल सुधार समिती द्वितीय र आलोक तामाङले नेतृत्व गरेको सुर्यमुखी टोल बिकास समिती “क“ तृतीय भएको छ । सुर्यमुखी टोल बिकास समितिका अध्यक्ष दीपबहादुर तामाङको अध्यक्षता,वडा नं.१ का वडाअध्यक्ष गणेशबहादुर गुरुङको प्रमुख आतिथ्यता ,प्रकाश मा.बि. का प्रधानाध्यापक शंकर अधिकारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा सदस्यहरु तेजलाल तामाङ ,प्रेक्षा तामाङ लगायतको आतिथ्यता रहेको थियो । ल्होसारको अवसरमा विभिन्न तामाङ संस्कृति झल्किने गित नृत्य प्रस्तुत गरिनुकासाथै हाँडी फुटाइ खेल समेत प्रस्तुत गरिएको थियो । सुर्यमुखी टोल बिकास समितिको आयोजनामा भएको कार्यक्रममा प्रकाश मा.बि. का सहायक प्रधानाध्यापक चेतलाल तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपासना तामाङले संचालन गर्नुभएको थियो ।
पछिल्लो समय नौलो तर सबै खेलप्रेमीहरुको रोजाईमा परेको तान डोरी प्रतियोगिता धादिङ जिल्लामा निकै चर्चा भईरहेको छन् ।
प्रतिक्रिया दिनुहोस