धादिङ २६ माघ
धादिङमा जिल्लास्तरी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन गर्नेबारे बिहीबार वैठक बसेको छ । जिल्लास्तरी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सल्हाकार समितीका संयोजक जिल्ला समन्वय समितीका प्रमुख नवराज अधिकारीको संयोजकत्वमा बैठक सम्पन्न भएको हो ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सँञ्चालन निर्देशिका २०७९ को चौँथो संसोधन बमोजिम जिल्लास्तरी राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना सञ्चालन व्यवस्थापन समन्वय निर्देशिका दफा ५ अनुसार प्रतियोगिता व्यवस्थापन निर्देशिका समितीले गर्ने गरि निर्णय गरिएको हो ।
वैठकमा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,जिल्ला समन्वय अधिकारी,जिल्लाका सबै सुरक्षानिकाय,जिल्ला खेलकुद अध्यक्ष,पत्रकार,लगायत विभिन्न स्थानीय तहका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस