माघ २६ गते बिहिवार
पछिल्लो समय नेपालका केही ठाउँमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि किसान र पन्छी तथा पक्षीजन्य उत्पादनको ओसारपसारमा संलग्न हुने सबैलाई विशेष सावधानी अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ । सङ्क्रमण पुष्टी भएका स्थानका कुखुरा तथा अण्डा नष्ट गरिएका छन् भने पन्छीजन्य उत्पादनको ओसारपसारमा समेत रोक लगाइएको छ । विभागका अनुसार बर्ड फ्लु पुष्टी भएको पोल्ट्री फार्मलाई निःसङ्क्रमण गरेपछि त्यसको ४२ दिनसम्म सो क्षेत्रमा पशुपक्षी पालनमा निषेध लगाईन्छ । सङ्क्रमण पुष्टी भएको स्थानको १० किलोमिटरको परिधिलाई निगरानीमा राखिन्छ ।
निगरानीमा राखिएको ४२ दिनसम्म फेरि सो ठाउँमा भाइरस नदेखिए निषेध फुकुवा गर्ने प्रावधान छ । बर्ड फ्लु नियन्त्रणका लागि सरकारले विषेश सावधानी अपनाए पनि नेपालमा हरेक वर्षजस्तो वर्ड फ्लु सङ्क्रमण पुष्टी भईरहेको छ । खासगरि एक ठाउँबाट अर्को ठाउँमा सार्दा पन्छीमा वर्ड फ्लु सर्ने गरेको पुशस्वास्थ्य चिकित्सक नवराज श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस