धादिङ २५ माघ
आज (बुधबार) देखि धादिङबेसीमा तीन महिने फुटबल प्रशिक्षण सुरु भएको छ । निलकण्ठ नगरपालिकाको सहयोगमा धादिङ फुटबल क्लबले निशुल्क प्रशिक्षणको आयोजना गरेको हो ।
माघ २५ गतेबाट सुरु भएको प्रशिक्षण २०८० बैशाख २५ गतेसम्म सञ्चालन हुने धादिङ फुुटबल क्लबका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिनुभयो । प्रशिक्षणमा जिल्लाभरबाट ५० जना फुटबल खेल्न इछुक व्यक्तिहरु सहभागि हुन सक्ने बताउनुभयो ।
प्रशिक्षण कार्यक्रम धादिङबेशीस्थित खुल्ला मञ्चमा दैनिक साँडे दुई घण्टा सञ्चालन हुने छ । फुटबलको विकासका लागि प्रशिक्षण कार्यक्रम सुरु गरिएको भन्दै उहाँले प्रशिक्षणमा जिल्लाभरका इछुक व्यक्तिहरु सहभागि हुन सक्ने बताउनुभयो । धादिङ बाट राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको उहाँको भनाई छ ।
उहाँले जिल्लामा ११ ए साइड प्रतियोगिता गर्न नसकेपनी छिट्टै ९ ए साइड खेलाउने र राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने बताउनुभयो । साथै खेलाडीको लागि डाइटको समेत व्यवस्था गरिने उहाँको भनाई छ । ।प्रशिक्षणमा सहभागीहरुलाई रवि भण्डारीले प्रशिक्षण गराउनु हुनेछ ।
धादिङ फुटबल क्लबका अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका कार्यबाहक मेयर वडा नम्बर ९ का वडा अध्यक्ष राजन बराईलीको प्रमुख आतिथ्य तथा कार्यबाहक प्रमुख प्रशासकिय अधिकृत नारायण वाग्ले, जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रताप सिं तामाङ, पत्रकार महांसघ धादिङका अध्यक्ष राजाराम शर्मा, एन्फा धादिङका उपाध्यक्ष राजन भण्डारी,प्रवक्ता किरण पाठक,खेलकुद कार्यालय प्रमुख रमेसमान तुलाधर, तेक्वान्दो संघ धादिङका अध्यक्ष प्रदिप गिरी लगाएतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस