धादिङ २५ माघ
जिल्ला खेलकुद विकास समिती धादिङको कार्यालय भवनको शिलान्यास गरिएको छ । बुधबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले शिलान्यास गर्नुभएको हो । मुख्यमन्त्रीलाई खेलाडीहरुले खादा र मालाले स्वागत गरेका थिए ।
भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मुख्यमन्त्री जमकट्टेलले तोकिएको समय भित्र निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । बागमती प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेर टेन्डर आव्हान गरेको मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो । खेलकुद विकास समितीको आफ्नै भवन बनेपछि समग्र धादिङ र खेलाडीहरुको विकासमा महत्वपुर्ण टेवा पु¥याउने उहाँको भनाई छ ।
भवन निमार्णका लागि भ्याटसहित ७१ लाख १६ हजार ७ सय २ रुपैयाँमा सम्झौता भएको छ । भवन निमार्ण ०८० असार मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।
शिलान्यास कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् माओवादी केन्द्र वागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी, माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, जिल्ला खेलकुद विकास समितिका सदस्य तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस