चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्सको आप्रवाह २४.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमात आर्थिक तथा वित्तीय तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा रमेट्यिान्स २४.३ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा नेपालमा ५ खर्ब ८५ अर्ब ८ करोड रेमिटेन्स भित्रिएको छ । गत वर्षको यही अवधिमा रेमिटेन्स आप्रवाह ५ प्रतिशतले घटेको थियो । यस्तै, अमेरिकी डलरमा समेत रेमिटेन्स आप्रवाह बढेको छ ।
समीक्षा अवधिमा डलरमा रेमिटेन्स आप्रवाह १३ प्रतिशतले बढेर ४ अर्ब ५० करोड डलर पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा डलरमा रेमिटेन्स आप्रवाह ५।७ प्रतिशतले खुम्चिएको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको सङ्ख्या ६४।६ प्रतिशतले वृद्धि भई २,७५,६४३ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ९।५ प्रतिशतले वृद्धि भई १ लाख ४२ हजार ५४८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २९८।१ प्रतिशतले बढेको थियो ।
प्रतिक्रिया दिनुहोस