राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृहमन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारहने निर्णय गरेको हो ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सो निर्णय गरेको रास्वपाका एक नेताले बताए । बैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो ।
आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । आइतबार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। तोसिमा कार्की रहेका छन् ।
प्रतिक्रिया दिनुहोस