धादिङ २१ माघ
एकीकृत अखिल नेपाल शिक्षक संगठन नीलकण्ठ नगरपालिका धादिङको अध्यक्षमा डामन गुरुङ चयन हुनुभएको छ ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन नीलकण्ठ नगरपालिका धादिङको तेस्रो नगर अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरिएको हो ।
जसको वरिष्ठ उपाध्यक्षमा शारदा तिमल्सिना, उपाध्यक्षमा नरहरि नेपाल, छन्द नारायण श्रेष्ठ, सचिवमा राजु दाहाल, कोषाध्यक्षमा कृष्ण प्रसाद पोखरेल रहेका छन् भने सदस्यहरुमा सम्झना ढुङ्गाना, ध्रुवराज रिजाल, उर्मिला श्रेष्ठ, किरण कुमार श्रेष्ठ, चन्द्र कुमार श्रेष्ठ, भीम बहादुर ढकाल, गुण बहादुर ढउन्या, भैरव अधिकारी र गोमा श्रेष्ठ रहेका छन् ।
यस्तै नेम बहादुर श्रेष्ठको संयोजकत्वमा सल्लाहाकार समिति पनि गठन गरिएको छ । जसको सदस्यहरुमा विष्णु प्रसाद सेढाई, जानुका कंडेल, कृष्ण बहादुर श्रेष्ठ, कृष्ण प्रसाद अधिकारी र भेषराज नेपाल रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस