धादिङ २१ माघ
मलेखु टिचिङ हस्पिटल प्रा.लि. गजुरी गाउँपालिका २ मलेखु धादिङको छैटौ वार्षिक उत्सवको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
५ जना महिला र १८ जना पुरुष गरि जम्मा २१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मलेखु टिचिङ हस्पिटल प्रा.लि.को आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
प्रतिक्रिया दिनुहोस