धादिङ १७ भाद्र
नीलकण्ठ नगरपालिका वडा नं. २ भुलभुलेमा मङ्गलबार सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धादिङबेसीबाट खाल्टे पात्ले जादै गरेको ग १ ज ६०६१ नं. को बोलेरो जिप अनियन्त्रित भई सडकमा पल्टिएको हो । दुर्घटनामा घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते हुनेहरुमा नीलकण्ठ नगरपालिका वडा नं. १ बस्ने बर्ष ६५ की नाममाया गुरुङ‚ वडा नं. ५ पतेनी बस्ने बर्ष ३९ का ईश्वर दाहाल वडा नं. ५ हिलखर्क कै बर्ष ६४ का पुर्ण बहादुर गुरुङ‚ पात्ले बस्ने बर्ष ४० की लिला कुमारी गुरुङलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल धादिङका उपचार भईरहेका घाईतेहरु
जिल्ला धादिङ निलकण्ठ न.पा. १ देउराली बस्ने अं बर्ष २९ की कल्पना भुजेल‚ अबस्था सामान्य
पात्ले बस्ने अं बर्ष २३ की लक्ष्मि घले‚ अबस्था सामान्य
हिलखर्क बस्ने अं बर्ष ६३ की फुलमाया गुरुङ‚ अबस्था सामान्य
खल्टे बस्ने अं बर्ष २१ की साबित्री गुरुङ‚ अबस्था मध्यम
हिलखर्क बस्ने अं बर्ष ४८ को सन्त बहादुर गुरुङ‚ अबस्था सामान्य
जिल्ला चितवन ईच्छामनकामना गा.पा. बस्ने बर्ष ४० की दिलमाया थापा मगर‚ अबस्था सामान्य
काठमाण्डौ रिफर भएका घाईतेहरु
जिल्ला धादिङ निलकण्ठ न.पा. १ बस्ने अं बर्ष ६५ की नाममाया गुरुङ
पतेनी बस्ने अं बर्ष ३९ को ईश्वर दाहाल‚ काठमाण्डौ रिफर रिफर
हिलखर्क बस्ने अं बर्ष ६४ को पुर्ण बहादुर गुरुङ‚ काठमाण्डौ रिफर
पात्ले बस्ने अं बर्ष ४० की लिला कुमारी गुरुङ‚ काठमाण्डौ रिफर
प्रतिक्रिया दिनुहोस