धादिङ १९ माघ
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ नीलकण्ठ न.पा. ३ धादिङको भवन उद्घाटन तथा १६ औँ वार्षिक साधारण सभा साथै छैटौँ जिल्ला अधिवेशन सपन्न भएको छ ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ धादिङको अध्यक्षमा बिष्णु प्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ । ढुङ्गानाले १९४ मत प्राप्त गर्नुभएको छ भने उँहाका प्रतिद्धन्दी महेन्द्र धमलाले ८१ मत प्राप्त गर्नुभएको छ ।
केन्द्रले नवनिर्वाचित अध्यक्षलाई सदर गरेपश्चात मात्र अन्य सदस्यहरुको निर्वाचन गराईने संघका सचिव भक्त बहादुर सिंखडाले जानकारी दिनुभयो । मोहन थापाको संयोजनमा सम्पन्न निर्वाचन समितीमा भक्त बहादुर सिंखडा, तेज बहादुर अर्याल र नबिन अधिकारी सदस्य रहेका थिए ।
३४ लाख ९९ हजार ३५४ लागतमा निर्माण भएको नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ धादिङको १ हल सहित ३ वटा कोठा भएको भवन प्रतिनिधि सभाका सदस्य अधिकारीले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रतिनिधि सभाका सदस्य रामनाथ अधिकारीले सैनिकले गर्दा नै नेपालको विकास भएको भन्दै प्रदेशसभाले यस संस्थाको बृद्धि विकास र संरक्षणका लागि सदैव सहयोग गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष इन्द्र बहादुर कुवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभाका सदस्य रामनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने प्रतिनिधि सभाका सांसद गोविन्द लम्साल, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, माओवादि केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस