धादिङ १६ भाद्र ।
प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषदबाट स्वीकृत प्राप्त ६ महिने अर्थात ७ सय ८० घण्टाको मनोसामाजिक मनोविमर्श तालिम धादिङ्गबेशीमा सन्चालन हुन लागेकाले मानसिक र मनोसाामजिक क्षेत्रमा रुची राख्ने व्यक्तिहरुकालागि दरखास्त आह्वान गरिएको छ । उत्थान नेपालले त्रिभुवन बिश्व बिद्यालयवाट मान्यता प्राप्त Counseling Psychology and Social Studies College (CPSSC) काठमाण्डौंसंग समन्वय गरी तालिम संचालन गर्न लागेको हो । तालिम श्चात सहभागीहरु मानसिक र मनोसामाजिक क्षेत्रको एक अदक्ष जनशक्ति अर्थात paraprofessional मनोविमर्शकर्ता बन्नेछन् ।व्यक्तिमा रहेको भावनात्मक समस्या, व्यवहार गत समस्या, मनोसामाजिक समस्याहरु र कम कडा खालका मानसिक समस्याको व्यवस्थापन गर्न सक्नेछन्।यौन दुव्र्याहार, लागु पदार्थ दुव्र्यसनी,घरेलु हिंसा लगायतका सामाजिक समस्याले निम्त्याएको मनोसामाजिक एवंम मनोबैज्ञानिक समस्यालाई व्यवस्थापन गर्न सहयोग गर्ने छन् ।
आवश्यक योग्यता :
– कक्षा १२ पास गरेको वा सो सरह उत्र्तीण गरेको हुनु पर्नेछ ।
– नेपाली नागरिक हुनु पर्नेछ ।
बिशेष ग्राह्रयता:
– मानसिक तथा मनोसामाजिक क्षेत्रमा काम गरेको ।
– महिला एवम सरकारको पहुँचवाट टाढा रहेको समुदायका व्यक्तिहरु ।
– अंग्रेजी भाषामा राम्रो ज्ञान भएको ।
तालिम अबधि : ७ सय ८० घण्टा
कक्षा संचालन: असोज १ गतेवाट ।(हरेक दिन विहान ६ वजे देखि ९.३० वजे सम्म)
तालिमका बिशेषताहरु:
– सरकारी तथा गैरसरकारी संस्थाहरुमा मनोविमर्शकर्ताको रुपमा काम गर्न सक्ने ।
– सीप माआधारित तालिम भएकाले सहभागीहरुले स्वास्थ्य संस्था,अस्पताल,गैरसकारी कार्यालय,बिद्यालयहरुमा गएर सीपलाई प्रयोगमा ल्याउने हुदाँ समुदायमा रहेका संस्थाहरुसंग सहकार्य र समन्वय हुने छ ।
– सीपलाई प्रयोगमा ल्याउने क्रममा प्रशिक्षकहरुवाट प्रत्यक्ष अनुगमन तथा सुपेरिबेक्षण हुनेछ । placement को लागि उत्थान नेपालले समन्वय गर्नेछ।
– बिशेष बिषयहरुमा अनुभवी मनोविमर्शकर्ता,मनोविद्ध,चिकित्सामनोबिद्ध र मनोचिकित्सकको सहजीकरण हुनेछ ।
– प्रशिक्षकहरु पेशगत दक्षता प्राप्त गरेको व्यक्ति, मानसिक एवम मनोसामाजिक क्षेत्रमा अनुभवी व्यक्ति हुनु हुनेछ ।
– तालिमको नियमित अनुगमनर सुपरिबेक्षण CPSSC ले गर्ने छ ।
यस क्षेत्रमा रुची राख्ने व्यक्तिहरुले मिति २०७६ भाद्र २८ गते सम्म आफ्नो वायोडाटा र दुई प्रतिफोटो सहित निम्न लिखित ठेगानामा सम्पर्क राख्नुहुन विनम्र अनुरोध गरिन्छ ।
उत्थान नेपालको कार्यालय, एमाले चोक, धादिङ्गबेशी, धादिङ्ग
इमेल: [email protected]
फोन नम्बर: ९८६०४९२३७८, ९८४८२४५६८६,९८४१७१२४६६
प्रतिक्रिया दिनुहोस